मन्सोङका मेधावी विद्यार्थीहरूलाई सर्म्बद्धना

अलगढा, 3 जुन।


मन्सोङ सिन्कोना बगान अन्तर्गत पोलिमर्श क्लबले क्षेत्रका मेधावी विद्यार्थीहरूलाई एक कार्यक्रम बिच सर्म्बद्धना जनाएको छ। यस बर्षको माध्यमिक, उच्च माध्यमिक, आइसिएसइ अनि आइएससिईको परिक्षा उतिर्ण गर्ने कूल 8 जना विद्यार्थीहरूलाई सर्म्बद्धना जनाइएको हो।

सोही कार्यक्रममा गाउँका वरिष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो। स्थानीय पाठशाला भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता पि. फिपोनले गरेका थिए। भने क्लबका सभापति जय बहादुर राई, सचिव अलफ्रेड गुरूङ लगायक संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।

क्षेत्रको सामजिक संस्था पोलिमर्श क्लबको स्थानपना सन् 1995मा भएको हो। स्थापनपछि यस संस्थाले गाउँमा विविध सामाजिक कार्यहरूसितै गाउँ समाजलाई सङ्गठित गर्ने कार्य गरिरहेको छ।

समाजका युवा अनि विद्यार्थीहरू भविष्यको कर्णधारहरू हुन्। उनीहरूलाई अध्ययनको क्षेत्रमा प्रोत्साहन गर्नका लागि संस्थाले गाउँका मेधावी विद्यार्थीहरूलाई यसरी सर्म्बद्धना जनाइएको क्लबका कोषध्यक्षा सतिस गुरूङले बताएका छन्।

यस बर्षको बोर्ड परिक्षामा उच्च अङ्क लिएर सफल बन्ने विद्यार्थीहरू लियूल सुब्बा, लक्ष्मी सुन्दास, अजय छेत्री, थुप्देन नोर्बु शेर्पा, सुनिदी राई, सृष्टि गुरूङ, प्रतिक्षा गुरूङ, पवन शेर्पा, संजोग ब्लोन, अनिश गुरूङलाई सर्म्बद्धना जनाइएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन