मणि ट्रस्टको २०० विरूवा : सिटोङमा नारी मोर्चा

खरसाङ, 3 जुलाई


स्वास्थ्य सम्बन्धी कार्य गरिरहने सामाजिक संस्था मणि ट्रस्ट खरसाङद्वारा सोमबार खरसाङ क्षेत्रमा लगभग २०० वटा बिरूवा रोपण कार्य गरिएको छ। मणि ट्रस्टको गत ४ जूनदेखि ५ जुलाईसम्म महिनाव्यापी बिरूवा रोपण कार्य अन्तर्गत खरसाङको स्प्रिङसाइड चियाबारीको पोलिटेक्निकल कलेज नजिकको क्षेत्रमा लगभग २०० वटा बिरूवाहरू रोपिएको छ।

यस बिरूवा रोपनकार्यमा मणि ट्रस्ट दार्जीलिङ ट्रष्टी मेरी लेप्चा, म्यानेजर रञ्जना प्रधान र सहयोगीहरू अनि खरसाङको ट्रष्टी छुना सुब्बा, समिता गुरूङ, विद्या गुरूङ लगायत अन्य सदस्याहरू उपस्थित थिए।

खरसाङमा ट्रष्टद्वारा दुई वर्ष अघि यहाँको सिङ्गेल चियाबारीको विभिन्न ठाउँमा पनि विरूवा रोपण कार्य गरिएको थियो भने यसपाली खरसाङको स्प्रिङसाइड चियाबारीको पोलिटेक्निकल कलेज नजिकको क्षेत्रमा लगभग २०० वटा बिरूवाहरू रोपिएको छ।

यस बिरूवा रोपण कार्य विषयमा बोल्दै खरसाङ महकुमा समितिको ट्रस्टी छुना सुब्बाले ट्रस्टको स्वास्थ्य सम्बन्धी काम गरिरहेको र पर्यावरण पनि स्वास्थ्यसित सम्बन्धित भएकाले ट्रस्टले गत ४ जूनदेखि ५ जुलाईसम्म महिनाव्यापी बिरूवा रोपण कार्य गरिरहेको बताउँदै ट्रस्टले यस महिनाव्यापी बिरूवा रोपण कार्यमा लगभग १५ हजार वटा जति बिरूवाहरू रोप्ने लक्ष्य राखिएको बताइन्। उनले यो बिरूवा रोपण कार्य उत्तर बङ्गालको दार्जीलिङ , जलपाईगुडी, कुचबिहार,अलिपूरद्वार आदि जिल्लाहरूमा १५ हजार बिरूवाहरू रोप्ने कार्य गरिने भएको बताएकी छन्।


सिटोङमा नारी मोर्चा

खरसाङ : नारी मोर्चा केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा खरसाङ महकुमा अन्तर्गत सिटोङ एक मोर्चाको आयोजनामा घलेटार सार्वजनिक भवनमा नारी मोर्चा सिटोङ १,२ र ३ लाई लिएर नारी मोर्चाको साङगाठानिक सभा सम्पन्न भएको छ।

एस्तर लेप्चाको अध्यक्षतामा सम्पन्न सभामा नारी मोर्चा केन्द्रीय पदाधिकारीहरू छिरिङ दाहाल, खरसाङ महकुमा समितिको सभापति एवं जीटीएका सदस्या अनु प्रधान, कार्यकारी सचिव मैया ठकुरी, साङगाठानिक सचिवद्वय सविता कार्की र बन्दना रावत, जीटीए सदस्या जैतुन निशा खातुन उपस्थित थिए।

सभामा सिटोङ १, २ र ३ क्षेत्रका नारी मोर्चाको पदाधिकारीहरू लगायत अन्य सदस्याहरू लगभग ३०० देखि ३५० जना कार्यकर्ताहरू उपस्थित रहेको नारी मोर्चाको तर्फबाट बताइएको छ। सभालाई सम्बोधन गर्दै नारी मोर्चाको छिरिङ दाहालले नारीहरू अब घरमै मात्र होइन तर देश र समाजको लागि पनि काम गर्न पर्ने अनि आगामी दिनमा नारी मोर्चाको तर्फबाट साङगाठानिक गतिविधि तेज गरेर लाने आह्वान गरिन्।

उनले अब नारी मोर्चाले पनि विकासको कार्यहरूमा अघि आएर काम‌ गर्न पर्ने र सिटोङ क्षेत्रका विकासमूलक कार्यहरूमा पनि अब नारी मोर्चाले सहभागिता जनाउने आह्वान गरिन्। सभालाई अतिथिको रूपमा उपस्थित नारी मोर्चाको पदाधिकारीहरू अनु प्रधान, मैया ठकुरी, सबिता कार्की, बन्दना रावत, जैतुन निशा खातुन लगायत सिटोङ १ सभापति निलम तामाङ, सल्लाहकार एस्तर लेप्चा, बिनु शेर्पा र इन्द्रकला आचार्यले पनि सम्बोधन गरेका थिए भनी युवा मोर्चा सिटोङ १ को सल्लाहकार लाक्पा शेर्पाले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares