8 दल भिड्दै : ड्रामा किङ नै अघि

रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरणको फाइलन खेल  जुलाई १५ मा हुँदैछ।  प्रिक्वाटरफाइलनका खेल सकियो ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।  अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् ।  आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।  अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।

यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त

.उरुग्वे–फ्रान्स, जुलाई, ६

.ब्राजिल–बेल्जियम, जुलाई, ६

.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७

४.रुस–क्रोएसिया  जुलाई, ७


सबैभन्दा अगाडी नेमार 

ब्राजिलका स्ट्राइकर नेमारको यो दोस्रो विश्वकप फुटबल हो । उनले अहिलेसम्म विश्वकपमा ६ गोल गरिसकेका छन् । ६ गोल गर्ने क्रममा उनले अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा कम सट हानेका छन् । मेसीले ६७ सट र रोनाल्डोले ७४ सट हानेका थिए । तर नेमारले केवल ३८ सटमा ६ गोल गरिसकेका छन् ।

गोलका लागि सट हान्ने मामिलामा पनि नेमार सबैभन्दा अगाडि छन् । ब्राजिलका लागि नेमार यस विश्व कपमा मैदानमा व्यस्त देखिन्छन्। पटक पटक लडिरहने उनलाई ड्रामा किङ पनि भन्न थालिएको छ।

उनले यो विश्व कपमा कुनै पनि अन्य खेलाडीको भन्दा धेरै २३ सट गोलका लागि हानेका छन् । जसमा १२ टार्गेटमा थिए ।  नेमारले आफ्ना साथीहरुका लागि गोल गर्ने १६ अवसर दिएका छन् । अर्कातिर उनीमाथि सबैभन्दा धेरै २३ पटक फाउल गरिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares