‘५ डेसिमल होइन, जम्मै जमिनको पर्जापट्टा चाहियो’

खरसाङ, 5 जुलाई


गोरामुमो समर्थित श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेवर युनियन (एचपीडब्ल्युयु) ले तीनधारे सुकना समष्टीका विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरिरहेको छ। केही समय अघि उत्तर बङ्गालको विभिन्न राजनीतिक पार्टीहरुको श्रमिक सङ्गठनहरुको जोइन्ट फोरमले २ जुलाईदेखि विभिन्न चियाबारीहरुमा बिहान बिहान गेट मिटिङ गरिरहेको छ।

एचपीडब्ल्युयु केन्द्रीय सदस्य एके देवानले तीनधारे सुकना समष्टीको चियाबारीहरु नरबुङ , सुपाहीधुरा, सिमरिङ, मालुटार , तीनधारे चियाबारी, नयाँ कमान, जोगमाया, घुम्ती चियाबारी, महल्दीराम आदि चियाबारीहरुमा प्रत्येक दिन मेलो लाग्न अघि गेट मिटिङ गरिरहेको बताए।

‘निम्नत्तम रोजगार अधिनियम लागु गरर्नुपर्छ,’ उनले फोरमका माहरूबारे बोल्दै भने, ‘५ डेसिमल मात्रै  होइन तर प्रत्येक श्रमिकको सबै जमीनको पर्जापट्टा दिइनुपर्छ।’  उनले राशनको माग, ग्राजुटीको रकम पनि सठीक समयमा दिनुपर्नेलगायत ५ सूत्रीय मागहरुसहित गेट मिटिङ गरिरहेको जानकारी गराएका छन्।

उनले गेट मिटिङ आगामी ७ जुलाईसम्म लगातार रुपमा बिहान प्रत्येक चियाबारीमा हुने बताएका छन्।  ‘९ जुलाईमा श्रमिकहरुको विभिन्न मागहरु लिएर संयुक्त लेवर  कमिशन खरसाङलाई ज्ञापन दिइनेछ,’  उनले भने, ‘१० जुलाईको दिन दार्जrलिङ जिल्ला लेबर कमिशनलाई एचपीडब्ल्युयुको तर्फबाट ज्ञापन दिइनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares