दलाई लामाको जन्म जयन्ती पालन

दार्जीलिङ, 8 जुलाई।


तिब्बती बौद्ध धर्मगुरू दलाई लामाको 83औं जन्म जयन्ती आज यहाँको धर्मचक्र कमिटीले आफ्नो कार्यालय परिसरमानै पूर्ण आध्यामिकतासित पालन गर्यो। वरिष्ठ साहित्यकार कृष्णसिहं मोक्तानको मुख्य आतिथ्यमा आयोजना गरिएको यस जन्म जयन्तीको अवसरमा कैयौं बौद्ध धर्मावलम्बीहरू भेला भएका थिए भने यस अवसरमा बौद्ध धर्मगुरूहरूले दलाई लामाको दीर्घायुको पनि पूजा गरे।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कृष्णसिंह मोक्तानले धर्मगुरू दलाई लामालाई विष्णुको अवतार मान्ने बताउँदै शान्तिनै दलाई लामाको सबैभन्दा ठूलो सन्देश रहेको बताए। उनले भने-शान्ति किनेर पाइने चीज होइन, शान्ति मनमा हुनपर्छ। शान्तिको यो सन्देश भगवान बुद्धको वाणीमा छ अनि यसलाई मनन गर्न आवश्यक छ। सबैभन्दा पहिले मन शान्ति हुनपर्छ, मन शान्ति भए घर शान्ति हुन्छ।

घर शान्ति भए समाज, समाज शान्ति भए देश र देश शान्ति भए विश्‍वनै शान्ति हुनेछ। यसरीनै धर्मचक्र कमिटीका अध्यक्ष लामा पेम्बा छिरीङ शेर्पाले दलाई लामालाई जन्म जयन्तीको सबैभन्दा असल उपहारनै शान्ति र दया हो भन्ने जनाउँदै दलाई लामाले मानव उत्थान, सर्वधर्ममा भाइचारा ल्याउन साथै तिब्बतीहरूको लागि स्वतन्त्रता दिलाउने दिशामा काम गरिरहेको बताए। उनले आज देशका विभिन्न स्थानहरूमा पनि दलाई लामाको जन्म जयन्ती पालन भइरहेको बताए। दार्जीलिङ धर्मचक्र कमिटीले सन् 2004-देखि दलाई लामाको जन्म जयन्ती पालन गर्दै आइरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares