बाटो हो कि खेत?

बिजनबारी, 6 जुलाई


‘अब बाटोमा नै धान रोप्नु पर्छ, अहिलेघरि गोकबासीको मुखमा रहेको उखान हो’ हुन पनि  बिजनबारी खण्डलाई छिमेकी राज्य सिक्किमसित जोड्ने गोक हुँदै जोरथाङसम्म पुग्ने मार्गको आवस्था साँच्चै सोचनीय मात्रै नभएर धान रोप्ने खालकै भएको छ। अहिलेघरि बाटोको खराबीले मानिसहरूको यातायातमा ठूलो सङ्कट आइपरेका छ।

बिजनबारी खण्डलाई प्रत्यक्ष रूपमा सिक्किमसँग जोड्ने उक्त बाटोको समस्याले स्थानीयबासी मात्रै नभएर रिम्बिक लोधोमा कैंजले रेलिङ कोलबोङ लगायतका मानिसहरू प्रभावित बनेका छन्।

बाटोको समस्याले गाडी चलाउन जोखिमको काम बनेको छ, ज्यानको बाजी लगाएर पनि गाडी चलाइरहेका छौँ,’ एक चालकलेभने,  ‘सम्बन्धि निकायहरूले बाटो निर्माणमा गरेको ढिलासुस्तीले यस्तो समस्या भएको हो।’

१९७० को दशकमा सानो जिपेबल बाटोमा अलकत्र बिछ्याउने काम भए पछि पुन बाटोमा सम्बन्धित बिभागबाट काम भएको थाहा नभएको स्थानीय लोवर गोक हिमाली सङ्घका सचिव सुरेन लिम्बुले बताए।

‘२०१० सालमा एनटीपीसी पावर बिभागमा बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो तर आज यसको नाम निसाना छैन,’ उनले भने, ‘बाटो त खेतजस्तो भएको छ। बाटोको वरिपरिको घरहरूमा हिलो उछिट्टिएर बसिनसक्नु छ।’

स्थानीय युवा करण लिम्बूसित तर आझ आशा मरेको छैन। ‘विभागले केही त गर्ला नि,’ उनले भने, ‘राज्य सरकार र जिटिए दुवैले विकास गर्दैछ। त्यो यहाँ पनि त आइपुग्ला।’

बाटोको केही अंश पीडब्लूडीको अधिनमा छ तर पीडब्लूडीले हालसम्म यसको जिम्मा लिएको छैन। ‘बाटो पीडब्लूडीमा परेको सुनेका छौं, केही गर्ला कि भनेर आशमा नै जिन्दगी बित्ने हो कि,’ उनले थपे।

यो बाटो भएर बिजनबारी तथा वरिपरि सङ्कलित लगभग २००० लिटर दूध सिक्किमको बजारमा भित्रिन्छ। यसबाहेक लगभग ५० भन्दा धेरै वाहनहरु दैनिक रूपमा आवतजावत गर्ने गर्दछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares