दुवै पार्टीको जित्ने दावी

शैलेन्द्र समदर्शी खरसाङ, 14 मई। 2017


राज्यको तृणमूल कंग्रेसले छोटो समयमा दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरु गरेको छ, यसै विकासलाई हेरेरनै जनताले तृणमूल कंग्रेसको पक्षमा मतदान गरेका छन्।


आज बिहान खरसाङ नगरपालिकाको वार्ड नम्बर 19-मा तृणमूल कंग्रेस कार्यकर्ताहरुले बिरामी मतदाताहरुलाई ल्याउने बहानामा आफै मतदान गरेको आरोप लागेपछि केही क्षण यस इलाकामा तनाउपूर्ण माहौल बनिएको थियो। फलस्वरूप गोजमुमो र तृणमूल कंग्रेस समर्थकहरुले यहाँ केही समयसम्म नाराबाजी पनि गरेका थिए।

यसको विरोधमा गोजमुमोबाट खड़ा भएकी यस वार्डकी उम्मेद्वार देवकी प्रधानले खरसाङ थानामा एक एफआईआर पनि गरिन्। यसबाहेक समग्रमा खरसाङका सबै क्षेत्रका शान्तिपूर्ण मतदान भएको जानकारी पाइएको छ। यसैबीच, यस चुनाउ विषय लिएर सोध्दा गोजमुमो र तृणमूल कंग्रेस दुवैले आ-आफ्नै विजय हुने दावी गरे पनि यस दावीको सत्यता आगामी 17 मईको दिननै छर्लङ्ग हुनेछ।

गोजमुमो नेता अनित थापासित यसबारे सोध्दा उनले भने-राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसले गोजमुमो विरूद्ध भ्रामक प्रचार गरेर यस चुनाउमा प्रतिस्पर्धा गरेको छ, यसको जवाब जनताले आज दिइसकेका छन्, जसको प्रमाण आगामी 17 मईको दिन स्पष्ट हुनेछ। राज्य सरकारले दार्जीलिङ पहाड़माथि गरेको अन्याय र हस्तक्षेपको विरोधमानै जनताले मतदान गरेका छन् अनि सत्यकोनै विजय हुनेछ। यसैबीच, उनले खरसाङ इलाकामा आज शान्तिसित चुनाउ सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेकोमा पुलिस प्रशासनप्रति पनि आभार व्यक्त गरेका छन्।

यसरीनै खरसाङको वार्ड नम्बर 7 बाट खड़ा भएकी तृणमूल कंग्रेस उम्मेद्वार एवं पूर्व विधायिका शान्ता छेत्रीले आफ्नो जीत निश्‍चित रहेको दावी गर्दै खरसाङका जनताले राज्य सरकारको विकारस कार्यलाई हेरेर भोट दिएको बताइन्। उनले भनिन्-राज्यको तृणमूल कंग्रेसले छोटो समयमा दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरु गरेको छ, यसै विकासलाई हेरेरनै जनताले तृणमूल कंग्रेसको पक्षमा मतदान गरेका छन्। यसैले जसले पनि तृणमूल कंग्रेसलाई भोट दिएका छन्, उनीहरुप्रति आभार व्यक्त गर्न चाहन्छु, उनले भनिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन