विश्व घुम्दै बाइक यात्री

दार्जीलिङ, 9 जुलाई।


देशका 26 वटा राज्यमा मोटर बाइकद्वारा लगभग 11,200 किलोमिटरको यात्रा तय गरेर दार्जीलिङ आइपुगेका गोरूबथान निवासी 28 वर्षे अजित मिश्र आज सिक्किम राज्यको यात्रामा निस्किए। एउटा भारतको नारा लिएर गत 1 जूनको दिन कन्याकुमारीबाट बाइक यात्रा शुरू गर्ने बाइक यात्री अजित मिश्रले सिक्किमबाट चीनको सीमा क्षेत्र नथुला हुँदै सिल्क रोड भएर सम्भवतः दुइ दिनपछि कालेबुङ आइपुग्ने लक्ष्य राखेका छन्।

अजितले उत्तर पूर्वी राज्यको भ्रमण गरिसकेका छन् भने आगामी 15 दिनमा उनले दक्षिण भारतको बेंगलोर पुगेर आफ्नो यात्रा समापन गर्ने लक्ष्य राखेका छन्। उनले आज यहाँबाट सिक्किमको लागि यात्रा शुरू गर्नअघि पत्रकारहरूसित कुराकानी गर्दै भने-उत्तर पूर्वी राज्यका ठूल्ठूला समस्याहरू पनि देशको राजधानी दिल्लीसम्म हत्तपत्त पुग्न सक्तैन। यस यात्राले मलाई यो कुरो सिकाएको छ।

उनले पूर्वोत्तरका राज्यहरूसितै उत्तर भारतका विभिन्न स्थान वा राज्यहरूको भ्रमण गरिसकेको जानकारी गराउँदै आगामी 15 दिनमा आफ्नो यो यात्रालाई बेंगलोरमा पुगेर टुङ्गाउने लक्ष्य राखेको पनि बताए। कम्प्युटर सफ्टवेयर इञ्जीनियर मिश्रले पूर्वोत्तर राज्यको यात्रा सबैभन्दा कठोर रहेको पनि जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares