कलकत्तामा चियाश्रमिकबारे बैठक

दार्जीलिङ खबरदाता, 15 मई। 2017


विशेष एनएफएसमर्फत श्रमिकवर्गले राशिन प्राप्त गरेपछि चियाश्रमिकहरूले पाउनुपर्ने राशिको अधिकार रुपियाँमा काम्तिको पनि 660 रुपियाँ प्रति महीनाको दरले पाउनुपर्छ, यस विषयमाथि संगठनले भोलिको सभामा जोड़ दिनेछ।


 

भोलि 17 मईको दिन कलकत्तामा राष्ट्रिय खाद्य सुरक्षा (एनएफएस) अनि न्यूनत्तम रोजीबारे एक सभा हुने निश्‍चित भएको छ। जसमा चियाश्रमिकहरुले पाउनुपर्ने राशिनको सुविधा अनि वर्तमान महँगाईको हिसाबमा चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नेबारे चर्चा हुने भएको छ। यस बैठकमा भाग लिनको लागिनै आज गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का महासचिव सुरज सुब्बाको नेतृत्वमा 6 सदस्यीय प्रतिनिधि टोली आज कलकत्ता प्रस्थान गर्यो।

जसमा सुब्बाबाहेक नर्बुजी लामा, तिलकचन्द रोका, डुवर्सबाट गोविन्द प्रधान अनि नारायण बीके सामेल छन्। यसैको जानकारी गराउँदै सुरज सुब्बाले भने-विशेष एनएफएसमर्फत श्रमिकवर्गले राशिन प्राप्त गरेपछि चियाश्रमिकहरूले पाउनुपर्ने राशिको अधिकार रुपियाँमा काम्तिको पनि 660 रुपियाँ प्रति महीनाको दरले पाउनुपर्छ, यस विषयमाथि संगठनले भोलिको सभामा जोड़ दिनेछ।

उनले भने-प्रत्येक श्रमिकले दैनिक 25 रुपियाँ 38 पैसाको दरले राशिनको राशि पाउनुपर्छ। यसरीनै न्यूनत्तम रोजी ऐन पनि रुपियाँको हिसाबले होइन, वर्तमान समयको महँगाईको आधारमा लागू गर्नुपर्छ भन्ने संगठनको अड़ान छ। यदि सरकारले यो मागलाई स्वीकार नगरे वृहत श्रमिक आन्दोलन हुनेछ। जसपछि चिया उद्योगको भविष्यनै अर्को भएर जाने पनि डीटीडीपीएलयूले चेताउनी दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन