शिक्षा विभागको लापरवाहीले तीन सय बीईएड विद्यार्थीहरू आपदमा

गान्तोक, 10 जुलाई।


सिक्किम सरकारको मानव संसाधन विकास विभागअधिनस्थ सोरेङ सरकारी बीईडी कलेजका 2015 र 16 का दुई ब्याचका तीन सयविद्यर्थीहरूको भविष्य अलन्तरमा परेको छ। एनसीटीईको अनुमति बिनै विभागलेलापरवाहीपूर्वक कलेजमा रहेको एक सय जनाको पदलाई बढाएर एक सय पचासगरेपछि समस्या सिर्जना भएको हो भने यो दुई ब्याचमा पढने विद्यार्थीहरूकोअहिलेसम्म प्रमाण पत्र नआएकोले विद्यार्थी आजदेखि प्रतिबादमा उत्रिएका छन्।बीईएडको पाठ्यक्रम दुई वर्षको भएपछि सिक्किम केन्द्रिय विश्वविद्यालय अन्तर्गतसोरेङ कलेजले एक सय जनालाई बीईडी गराउन सक्ने प्रावधान राखेको थियो, तरसिक्किम सरकारको शिक्षा विभागले पचास जना अतिरिक्त विद्यार्थी थपेपछिएनसीटीईले उक्त निर्णयलाई अनुमोदन नगरेपछि समस्या सिर्जना भएकोविद्यार्थीहरू बताउॅंछन्।

यस मागलाई लिएर दशौपल्ट शिक्षा विभागमा गुहारलगाइसकेका विद्यार्थीहरूले आज पुन: विभागीय प्रधान सचिव जीपीउपाध्यायलाई भेटेर प्रमाण पत्र प्रदान गरिदिने माग दोहोराए। दुवै सत्रकाविद्यार्थीहरूले 2016 र 2018 मा परीक्षा बसिसकेका छन्, तर प्रमाण पत्रनआएकोले कुनै पनि प्रतिस्पर्धात्मक अन्तरर्वातामा बस्न पाएका छैनन् भने योसमस्याले सिक्किम विद्यार्थी मात्र नभएर दार्जीलिङ, सिलगढी, कालेबुङकाविद्यार्थीहरू पनि पीडित छन्।

विभागीय सचिव उपाध्यायले एक हप्ताभित्र प्रमाणपत्र आउने आश्वासन दिए पनि विद्यार्थीहरू दुई वर्षदेखि यही आश्वासन सुन्दैआएको हुनाले आफूहरू विश्वस्त नरहेको र सरकारले नै यसमा चॉंडोभन्दा चॉंडोनिर्णय गरिदिनुपर्ने माग राख्छन्। सिक्किम र बंगाल दुवै क्षेत्रका विद्यार्थी भएकोहुनाले उनीहरूले एमईडी गर्न र विभिन्न शैक्षिक पदहरूमा आवेदन गर्न समेतनपाएको हुनाले प्रतिवाद गर्दै आज विभाग परिसर र एमजी मार्गमा भेला भइआफ्ना मागहरू बुलन्द पारे। यद्यपि, यस सत्रदेखि 150 जनाकै पदलाईएनसीटीईले अनुमोदन गरेर नयॉं विद्यार्थीहरूको सबै सेमिस्टरको प्रमाण पत्रपठाउन थालेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया