शुरु भयो इन्द्रबहादुर राई स्मृति पुरस्कार

सिलगढी, 10 जुलाई


भानु जयन्ती समारोह समिति बाघडुग्राले यसवर्षदेखि इन्द्रबहादुर राई स्मृति पुरस्कार शुरु गरेको छ। समितिका मिडिया संयोजक प्रशान्त आचार्य अनि समितिका अध्यक्ष बिन्नी शर्माले सिलगडी जर्नलिष्ट क्लबमा पत्रकार सम्मेलन गरेर पुरस्कार दिइने घोषणा गरेका छन्।

‘13 जुलाई भानु जयन्तीको दिन बाघडुग्रामामा यो पुरस्कार दिइनेछ,’ बिन्नी शर्माले भने, ‘पुरस्कार प्राप्कको नाम पनि सोही दिन घोषणा गरिनेछ, पुरस्कार पनि सोही दिन दिइनेछ। पुरस्कार राशि पच्चीस हजार रहनेछ।’ प्रशान्त आचार्यले भनेअनुसार यस दिन माध्यमिक परिक्षामा उच्चअङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि दस हजार गरी पुरस्कार दिइनेछ।

‘हामीले कार्यक्रममा 6 हजार मानिसलाई निम्तो गरेका छौँ।  डाँडागाउँ बिहार मोड हुँदै ऱ्याली निकालिने छ,’ आचार्यले भने, ‘यसदिन साहित्यकारहरूलाई सम्मान पनि गरिनेछ। साँझमा कुन्ति मोक्तान साँझ हुनेछ।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares