चामलिङ इमानदार छन् भने एलटी सीट हुन्छ भनी स्वेत पत्र जारी गरुन्

गान्तोक, 11 जुलाई


सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले लिम्बू तामाङ सीट आरक्षण माग यात्रा निरन्तर गरेको छ।  यसैको तेस्रो चरणमा गान्तोकको कनवय ग्राउण्डदेखि बरफुङ समष्टिको राभाङ्गलासम्मको यात्रा भयो। ऱ्यालीलाई मुख्य समन्वयक तथा विधायक सोनाम लामाले अगुवाई गरेका थिए।

युवाहरूको बाक्लो सहभागिता रहेको यो यात्रामा ३५० भन्दा अधिक वाहनहरुको लामेताँत थियो। ‘युवाहरुले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नीति र सिद्धान्तलाई अनुसरण गर्दै ऱ्यालीमा स्वेच्छापूर्वक सहभागिता जनाएका हुन्, ’सोनाम लामाले भने।

सर्विस एक्सटेन्सनको खुल्ला रुपमा विरोध गर्दै युवाहरुले एसडिएफ सरकारलाई आडम्बरी, भ्रष्टचारी सरकारको संज्ञा दिए। उनीहरूले राज्यमा उच्च शिक्षा हासिल गरेर पनि केही गर्न नसकिने स्थिति बनेको पनि बताउँदै परिवर्तनको नारा लगाए।

सिक्किमे लिम्बू तामाङको राजनैतिक अधिकार अर्थात यी समुदायहरुको विधान सभामा सीट आरक्षणको मागमा गरिएको यो यात्राको तेस्रो चरण पनि पहिलेको यात्राहरु जस्तै फलदायक रहेको एसकेएमले किटान गरेको छ।

‘एलटीलाई सिट देउ नत्र चौकी छोड़’ , ‘एलटी समुदायलाई न्याय देउ’ , ‘एलटी मुद्दामा झुटको राजनीति बन्द गर’ , ‘१५ बर्षसम्म एलटीलाई झुक्कायौ, अब सीट देउ’ , एसडीएफ सरकार हाय हाय’-जस्ता नारा लगाउँदै उनीहरूले नाम्ची, आसाङथाङ ,चिसोपानी, देनचुङ, सिकीप, वक , दामथाङ , राबाङ्गला , बरफूङ , रालङ , बोरोङ आदि पुगे।

‘चामलिङ इमानदार छन् भने एलटी सीट हुन्छ भनी स्वेत पत्र जारी गर्नु पर्छ, नत्र यस विषयमा एसकेएम पार्टी कुनै हदसम्म पनि जानसक्नेछ,’ एसकेएम महासचिव (प्रचार- प्रसार) बिकास बस्नेतले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares