भोटको हिसाब निकाल्न शुरू

दार्जीलिङ खबरदाता, 15 मई। 2017


बुधबार बिहान 8 बजीदेखि मतगणना शुरू हुने भएको छ, जसअनुसार, दार्जीलिङको सन्त रोबर्टस् स्कूल, कालेबुङको अतिथि गृह, खरसाङ र मिरिकका महकुमा अधिकारी कार्यालयमा मतगणना हुने तय भएको छ।


 

दार्जीलिङ पहाड़मा नगरपालिका चुनाउ समाप्त हुनसाथ पहाड़का सबै राजनैतिक पार्टी अनि उम्मेद्वारहरु हिसाब-किताब गर्न व्यस्त बनेका छन्। नगरपालिका चुनाउमा भएको मतदानको हिसाब प्रत्येक उम्मेद्वार अनि राजनैतिक पार्टीहरुका हात-हातमा परिसकेको छ, जसको आधारमानै सबै पार्टी अनि उम्मेद्वारहरु यस चुनाउमा आफ्नो पक्षमा कति मत आयो अनि कति अन्यको खातामा गयो भन्नेबारे हिसाब निकाल्न व्यस्त बनेका छन्। तरै पनि यसको हिसाब 17 मई बुधबारको बिहान लगभग 10 बजीभित्र स्पष्ट भइसक्ने अनुमान लगाइएको छ। बुधबार बिहान 8 बजीदेखि मतगणना शुरू हुने भएको छ, जसअनुसार, दार्जीलिङको सन्त रोबर्टस् स्कूल, कालेबुङको अतिथि गृह, खरसाङ र मिरिकका महकुमा अधिकारी कार्यालयमा मतगणना हुने तय भएको छ। हिजो साँझ 5 बजी दार्जीलिङका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया पूर्ण भएपछि सम्पूर्ण ईभीएम मशिनहरुलाई यहाँको सन्त रोबर्टस् स्कूलमा बनाइएको स्ट्रङ रूममा सुरक्षा व्यवस्थामाझ राखिएका छन् भने क्रमैले खरसाङ, मिरिक अनि कालेबुङमा पनि कठोर सुरक्षा व्यवस्थामाझ ईभीएम मशिनहरू राखिएका छन्। जसलाई 17 मईको बिहान 8 बजी सम्पूर्ण पार्टीका प्रतिनिधि साथै उम्मेद्वारहरुअघि खोल्न शुरू गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन