‘मेलोडी फर रिमेडी’ गरेर फर्किए पुष्पण

सिलगढी, 11 जुलाई


‘गीत जीवनको लागि हो भन्दै आइरहेको छु, आमा बुवा ट्रष्ट-को निम्ति कुटुम्भका साथीहरूसित गीत गाइरहँदा मलाई गीतले निर्वाह गर्नुपर्ने  दायित्व पुरा गर्दैछु भन्ने सन्तुष्टि थियो,’ भर्खर ‘मेलोडी फर रिमेडी’ च्यारिटी शो गरेर फर्किएका चर्चित गायक पुष्पण प्रधानले खबरम्यागजिनलाई सुनाए।

प्रधान समाज सरोकारका गीत गाएरै हिट गायक त हुन् नै बेलाबेला कुनै विशेष समस्या समाधानको निम्ति पनि अघि बढ्ने गायक हुन्। आमा बुवा ट्रस्टले लाजिम्पाटमा नेपालकै चर्चित मेलोडी व्याण्ड कुटुम्बसित प्रधानलाई मञ्चमा उभ्याएको थियो।

प्रधानले लगभग ४ घण्टा दर्शकलाई समातेर राखे। कार्यक्रमभरि नै वाहवाही लुटे।  खासमा 24 क्यारेट दिप श्री ज्वेलर्स,कालिका डायरी र ग्लोबल  व्याङ्कको सहप्रायोजनमा आमा बुवा ट्रस्टले पोखराको लामाचौरस्थित अपाङ्गता स्वावालम्बन समाज नेपालमा रहेको स्कूलको सहयोगार्थ कार्यक्रम गरेको हो।

‘स्कूलमा दिवा सेवा केन्द्र खोलेर त्यसमा २ जना शिक्षक राखी उनीहरूलाई तलब पनि ट्रस्टले नै दिँदै आइरहेको रहेछ,’ प्रधानले भने, ‘आफ्नो पक्षबाट पनि सहयोग गर्न पाउँदा खुशी लाग्यो। जोया श्रेष्ठहरूले धेरै काम गरिरहेको देखेर खुशी पनि भएँ।’

यसै पनि पुष्पणलाई कुटुम्भ व्याण्डसित आफू खुब जमेको लाग्छ। ‘कुटुम्भसित गाउँदा आफूको खोजेको साङ्गीतिक सन्तुष्टी मिल्छ,’ प्रधानले सुनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares