विनय तामाङले ‘रिओपन’ गर्ने सीके प्रधान हत्याकाण्डबारे परिवारले भन्यो- ‘राज्यको न्याय प्रणालीमा विश्वास छैन’

विपल रसाइली, कालेबुङ, 11जुलाई


जिटिए बिओए विनय तामाङले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई गाह्रोमा हाल्न सीके प्रधान हत्याकाण्डको फाइल रिओपन गर्ने घोषणा गरेका छन्। उनले सीके हत्याकाण्डमा सिबीआई जाँच गराउने घोषणा गरेका छन्। यद्धपि, सी.के प्रधान हत्याकाण्डको मामिला अहिले पनि सिबीआईकै हातमा छ।

3 अक्टोबर 2002 का दिन कालेबुङ नगरको डडुँवा डाँडामा दिउँसै गोली ठोकेर प्रधानको हत्या गरिएको थियो। यस मामिलाबारे सिबीआई जाँच चलिनै रहेको छ तर निचोडमा भने पुगेको छैन। सिबीआईले अहिलेसम्म 16 वर्ष पुग्दासमेत सीके हत्याकाण्डका दोषीहरू खोज्न सकेको छैन।

लगभग परिवारले न्याय नपाउने भनेर हरेश काइसकेकै बेला विनय तामाङले सीके हत्याकाण्डको फाइल रिओपन गर्ने घोषणा गरेका छन्। विनय तामाङले गरेको घोषणाबाट झिनो आशा त पलाएको छ,’ यस सम्बन्धमा सी.के प्रधानका दाजु कर्णल (अप्रा) डी.के प्रधानले भने, ‘तर हामीमा न्याय पाउने आशा मारिसकेको छ। 2011 देखि सिबीआईले गवाही लिने कार्य गरिरहेको छ। यससम्बन्धमा अहिलेसम्म न्यायालयले के आदेश दियो, मुद्दा कहाँ पुग्यो हामीलाई केही जानकारी छैन।’

कर्णल प्रधान मात्र होइन सीके प्रधानका परिवारका सबै सदस्य न्यायापालिकादेखि निराश छन्। उनीहरूलेत अब न्याय नपाइने रहेछ भनेर मन पनि मारिसकेका छन्। ‘2010 मा जलपाइगढी न्यायालयमा सिबीआइले चार्चसिट बुझाइसकेको हो। जसको आधारमा 39 जना गवाहीहरूले गवाही पनि दिसकेको छन्,’ कर्णल प्रधानले भने,  ‘तर कोर्टले भने आहिलेसम्म पनि भर्डिक दिनु सकेको छैन।’

कर्णल प्रधानअनुसार हत्याराहरू पनि बेपत्ता छन् अनि कति गवाही दिनेहरू मरिसकेका कति अझै लापत्ता छन्। यस्तोमा विनय तामाङले फाइल खोले पनि न्याया पाउने बाटो झिनो छ।

‘ अहिले भूमिगत बनेका बिमल गुरूङले पनि यसरी नै सत्तामा रहेको समय हामीलाई न्याय दिलाउने आश्वासन दिएका थिए। परिवारलाई पनि भेट गरेका थिए,’ कर्णल प्रधानले भने, न्याय त पाएनौं तर आइपी पार्कमा सिके प्रधानको सालिक चाहीँ निर्माण गरिदिए।’

यसरी भएको थियो हत्या

प्रान्त परिषददेखि दार्जीलिङको राजनीतिमा सक्रिय बनेका स्व. सिके प्रधान कालेबुङका एक चर्चित नेता थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रमुख सुवास घिसिङको नेतृत्वमा शुरू भएको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा एक सक्रिया कार्यकर्ता थिए।

राजनैतिक अनि वैचारिक रूपमा पार्टी प्रमुखसित मतभेत भएदेखि भने प्रधानले गोरामुमो पार्टी त्याग गरे। तर प्रधानको नेतृत्वले कालेबुङको राजनीतिलाई निकै प्रभावमा राखेको थियो। सोही क्रममा 3 अक्टोबर 2002 को दिन कालेबुङ सहरबिच दिउँसो उनलाई गोली ठोकेर हत्या गरिएको थियो।

राज्य प्रशासनले हत्याको छनबिन गरे। हत्याराको केही पत्तो लागेन। तीन वर्ष पछि मुद्धालाई सिबीआइले जाँच शुरू गऱ्यो। तर आहिलेसम्म पनि न्यायालयले कुनै सुनवाई गर्न सकेको छैन। प्रधान  हत्याका आरोपी निरे गुरूङ र दया राई  अहिलेसम्म तापत्ता छन्।  निरे गुरूङ अनि दया राईले सीकेको हत्या गर्नेबित्तिकै उनीहरूको पनि हत्या भइसकेको हुनसक्ने अनुमान परिवारले गर्दै आइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares