लेप्चाले सदनमा सोधे- ‘स्वर्ग जाने सिँढ़ी कहिले बनिन्छ?’

गान्तोक, 11 जुलाई।


सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका विधायक कुङ्गा निमा लेप्चाले पश्चिम सिक्किमको दरामदिन निर्वाचन क्षेत्रमा निर्माणाधीन ‘स्वर्ग जाने सिॅंढ़ी’ को निर्माण कार्यमा भइरहेको ढिलाईलाई लिएर बुधबारदेखि शुरू भएको दुई दिने विधानसभा सत्रमा प्रश्न उठाए।

उनले जिरो आवरमा यो विषय उठाउॅंदै वर्षौं बितेर जाँदा पनि यो परियोजना अझै पनि पूरा किन हुन सकेन? भनेर प्रश्न गरे।  जवाफमा सम्बन्धित विभागीय मन्त्री डीटी लेप्चाले ‘स्वर्ग जाने सिॅंढ़ी’ को निर्माण कार्य पुन: शुरू गरिएको जानकारी दिए।

उनले शुरूमा 2003—04 मा यो परियोजनाको निम्ति टेन्डर भएको अवगत गराए। तर, त्यस समय कम्ति रकमको टेन्डर भएको, मुख्यमन्त्रीले यो परियोजना लेप्चा समुदायको इतिहाससित सम्बन्धित विषय रहेको र यसलाई पर्यटनसित जोड़ेर लैजानुपर्ने सुझाउ दिएकोले पुन: डीपीआर तयार गरिएको मन्त्री लेप्चाले सदनमा बताए।

पुन: टेन्डर गरिएपछि लखोटिया नामक एक ठिकादारलाई निर्माण कार्य सुम्पिएको, तर उसले काम ठीकसॅंगले नगर्दा विभागले नोटिस काटेर उसलाई ब्ल्याकलिस्ट समेत गरेको थप जानकारी पनि दिए। अहिले निर्माण कार्य युद्धस्तरमा चलिरहेको र अगस्त 2019 सम्ममा निर्माण कार्य पूरा गर्नुपर्ने समय पनि निर्धारित रहेको मन्त्री लेप्चाले जानकारी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares