भाजपा नेता डा. महेन्द्र नाथ पाण्डे सिक्किमका नयाँ राज्यपाल?

गान्तोक, 11 जुलाई।


सिक्किमको नयाँ राज्यपालको रूपमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेता डा. महेन्द्र नाथ पाण्डे नियुक्त हुने लगभग तय भएको छ। यस सन्दर्भमा केही सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको छ।

गृह मन्त्रालयले उनको नामलाई सिफारिस गरेर राष्ट्रपतिको अनुमोदनको निम्ति पठाइसकेको थाहा लागेको छ। उत्तर प्रदेश भाजपा प्रदेश अध्यक्षको रूपमा आसिन डा. पाण्डे लोकसभाका सदस्य पनि हुन।

उनी केही समयको निम्ति मोदी मन्त्रीमण्डलमा राज्य मन्त्रीको रूपमा कार्यरत थिए। हिन्दी साहित्यमा विद्यावारिधि र पत्रकारितामा स्नात्कोत्तर डिग्री प्राप्त डा. पाण्डे 60 वर्ष पुगेका छन्।

उनी 2014 मा उत्तर प्रदेशको चण्डौली क्षेत्रबाट सांसद बनेका हुन्। उत्तर प्रदेश विधानसभामा दुइचोटी सदस्य रहेका पाण्डे भारत सरकारको विभिन्न समितिहरूमा सदस्य पनि रहिसकेका छन्।

आगामी 20 जुलाईको दिन उनले कार्यभार सम्हाल्ने राष्ट्रिय सञ्चार माध्यमको श्रोतले बताएको छ। हाल राज्यका राज्यपाल श्रीनिवास पाटिलको यही 13 जुलाईको दिन कार्यकाल समाप्त हुँदैछ। राष्ट्रिय स्वयं सेवक सङ्घबाट सक्रिय राजनीतिमा प्रवेश गरेका डा. पाण्डे भाजपाको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषदमा पनि सक्रिय थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares