शैलेन्द्र समदर्शी सम्वर्द्धित

खरसाङ, 14 जुलाई


भारतीय नेपाली गजल साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निभाएको भन्दै खरसान महकुमा अन्तर्गत तीनधारेमा गजल स्रष्टा शैलेन्द्र समदर्शीलाई सम्वर्द्धना गरिएको छ। उनलाई शुक्रवार साहित्य कला संस्थान तीनधारे र महकुमा सूचना अनि संस्कृति विभाग खरसान, पश्चिम बङ्गाल सरकारको आयोजनामा सम्पन्न 204 औं भानु जयन्ती समारोहमा सम्वर्द्धना गरिएको हो।

भानु जयन्ती समारोहमा उपस्थित मुख्य अतिथि खरसान महकुमा अधिकारी देवाशिष चट्टोपाध्यको बाहुलीबाट स्मृति चिन्ह, सभाध्यक्ष हरिप्रसाद छेत्रीको बाहुलीबाट शल ओढाएर अनि साहित्य कला संस्थान् तीनधारेको सभापति रञ्जन रसाईलीको बाहुलीबाट खदार्पण गरी सम्वर्द्धना गरिएको हो।

उक्त सम्बर्द्धना सन् 2016 मा अन्तर्राष्ट्रीय नेपाली गजल मञ्चबाट पुरस्कृत भएको तथा भारतीय नेपाली गजलमा पहिलो समालोचनात्मक कृति “गजल सिद्धान्त र सिर्जनावलोकन ” कृति दिइसकेको साथै शुरूआत बाल गजल सङ्ग्रह अनि गजल प्रदान पत्रिका गजलयको सम्पादन गरिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares