पहाडमा विमल गुरुङलाई  एक नेताको रूपमा हेरिने कुराले धेरै फरक पार्छ- केबी वातर

बिजनबारी,14 जुलाई


सिपीइएमका वरिष्ठ नेता केबी वातरले पहाडका विभिन्न राजनैतिक पार्टीका नेताहरूले पर्जापट्टा बिषयलाई लिएर ढाँटको राजनैतिक गरेको आरोप लगाएका छन् ।वाममोर्चा सरकारको समयमा रहेको १४ डेसिमल भूमिहिनलाई चासोबासो नामक योजनामार्फत दिने प्रवाधानलाई ५ डेसिमलमा ल्याएको उनले आरोप लगाएका छन्।

बन अधिकार  कानुन २००६ लाई सम्मान गरी सम्पूर्ण बनबस्तीहरूमा बस्ने सबैलाई समान अधिकार दिनुपर्ने पनि उनले माग गरेका छन्।

‘हामी सबैले पर्जापट्टा पाउन् भन्ने पक्षमा छौं। सबैले समान अधिकार पाउन जरूरी छ,’ उनले भने, ‘ श्रमिकहरूलाई अहस्तारित (अरुको नाममा नसर्ने) पर्जा पट्टा दिनुपर्छ। नत्र पहाडका श्रमिकहरूको अधिकार हराउन केही समय लाग्दैन।’

बिमल गुरूङ भारतको कुनैपनि राज्यमा नरहेको ठहर गर्दै पुलिसले भगौडा घोषित गर्दै चुनाव आयोगमा जानकारी पठाएको कारणले नै उनको नाम भोटर लिस्टबाट काटिएको भए पनि यसले पहाडमा अशान्ति सृजना हुने के बी वातरले बताएका छन्। उनको नाम काटिँदा सरकारलाई कुनै फरक नपर्ने तर पहाडमा विमल गुरुङलाई  एक नेताको रूपमा हेरिने कुराले धेरै फरक पर्ने बताए। कोर्टको नोटिसलाई अन्देखा गर्दा आफ्नो नाम नब्बेको दशकमा भोटर लिस्टबाट  काटिने नोटिस आएको तथा यसैकारण तीन दिन जेल बस्नुपरेको बताउँदै पहाडमा राँको लगाउने काम बङ्गाल सरकारले गरेको उनले आरोप लगाएका छन्।

बिमल गुरूङले चाहे एकै दिनमा आफ्नो नाम पुन भोटर लिस्टमा ल्याउन सक्ने उनको तर्क छ। चियाबारीमा काम गर्ने श्रमिकहरूको रोजीवृद्धि हुनपर्ने, जसको निम्ति चिया श्रमिकहरूलाई नेतृत्व गरिरहेका पक्षहरू मालिकलाई घुँडा नटेकाएसम्म पछि पर्न नहुने वातरले बताएका छन्।

विभिन्न निहू गरी मजदुरको आवज छोप्ने काम भइरहेको बताउँदै हालै गठित युनाइटेड फोरममा पनि आफुलाई शङ्का लागेको उनले जनाए।

‘मजदुरको निम्ति आन्दोलन गर्नुबाहेक विकल्प केही छैन। समस्यको समाधान टेबलबाट हुन्छ तर टेबलमा बस्ने माहोल हुनुपर्छ,’ उनले भने, ‘मालिकको पक्षमा एकतर्फी निर्णयले नै आजसम्म मजदुरको रोज वृद्धि नभएको हो।’  आन्दोलनलाई मालिकको पैसा थाप्नेहरूले मास्न खोजेको पनि उनले बताए। श्रमिकले चाहे मालिकले मात्र केही गर्न नसक्ने भन्दै उनले यसपटकको  आन्दोलनलाई फत्ते गर्नुपर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया