‘छिरिङ दाहाल जातिको कलङ्क : विमल गुरुङले छैटौं अनुसूचीलाई सहयोग गरिदिउन्’

खरसाङ, 15 जुलाई


खरसाङमा गोरामुमो समर्थित श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्युयु)ले गरेको जनसभामा गोरामुमो प्रवक्ता निरज जिम्बाले  मोर्चा नेत्री छिरिङ दाहालको कम्मरमा बम बोकेर दिल्ली जाने भनेर दिएको भाषणको निन्दा गरे। ‘नरेन्द्र मोदी भाजपाका नेता मात्रै होइनन् देशका प्रधानमन्त्री पनि हुन्। देशका सम्माननीय प्रधानमन्त्री समेतलाई बम बोकेर भेट्न आउनु नपरोस् भनेर धम्कीपूर्ण भाषण दिनु भनेको प्रधानमन्त्रीलाई मार्ने खुल्ला धम्की हो,’जिम्बाले भने, ‘यस्तो भाषणको सबै रिपोर्ट आईबी – डीआईबीले प्रधानमन्त्रीसम्म पुऱ्याउनुपर्छ।’

दाहालको भाषणले सम्पूर्ण गोर्खा साथै सीमानामा देश रक्षा गर्ने गोर्खाहरुलाई बदनाम गरेको पनि उनले बताए। अर्कोतिर जिम्बाले 2007 र 2013 को आन्दोलनमा बिमल गुरुङलाई आफूहरूले गोर्खाल्याण्डको लागि बाटो छोडिदिएका बताए।

‘2017 को आन्दोलनमा पनि बिमल गुरूङकै आह्वानमा हामी पनि गोर्खाल्याण्डको लागि सहभागी भएका थियौं  तर अब बिमल गुरुङलाई छैटौ अनुसूचिको मुद्दालाई सहयोग गरिदिने आह्वान गर्दछौं,’ उनले भने, ‘बिमल गुरुङले गोरामुमो पार्टीलाई होइन तर हाम्रो मुद्दालाई समर्थन गरिदिउन्।’

उनले अझ भने  विनय तामाङहरूको समर्थक पहाडमा थोरै रहेको पनि बताए। ‘पहाडमा बिमलका समर्थकहरू अझ पनि बेसी नै छन्’, उनले भने, ‘अहिले पनि पहाडमा चुनाउ भए बिनय अनित खेमा निश्चित रूपमा पराजित हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया