विनय तामाङले लीलाकुमारको स्थान्तर रोक्नु नै बुद्धिमत्ताको काम हुनेछ-दावा पाखरिन

कालेबुङ, 17 जुलाई


गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाखरिनले जिटिए बिओए विनय तामाङलाई अहङ्कारले गलत काम गर्न प्रेरित गरेको शङ्का व्यक्त गरेका छन्। ‘विनय तामाङलाई कुनै पनि विपक्षीले ‘लालकोठीबाट निस्कि’ भनेको छैन,’ उनले भने, ‘विनय तामाङले जे पनि गरुन्, शान्तिले गरुन्। आवेशमा काम गर्दा गल्ती हुन्छ।’

शान्तिले काम गर्दा जिरो इनेमी भनिरहेका तामाङ आवेशमा आउँदा ‘हन्ड्रेट इनेमी’-मा पुगिसकेको बताउँदै पाखरिनले भने, ‘किन यस्तो भयो कुन्नी, फ्रस्टेसनले पो हो कि अहङ्कारले पो हो कि?’

यसै सन्दर्भमा बनबासीहरूको निम्ति पर्जापट्टाको निम्ति लडिरहेका हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङको स्थान्तरण विनय तामाङको जिटिएको पालामा हुनुले आफू आश्चर्यचकित बनेको पनि पाखरिनले बताए।

‘लीला गुरुङलाई ट्रान्फर गर्नु त निक्कै गहिरो चाल भो। अहङ्कारले गर्दा सारा गोर्खालाई धक्का लाग्छ। जिटिएमा ट्रान्फर गर्ने क्षमता छैन, डिएमले चिट्ठी पठाएर ट्रान्सफर गर्दैछ, कस्तो अचम्म?,’  उनले विनय तामाङलाई उल्लेख गर्दै भने, ‘अहिलेसम्म नभएको घटना विनय तामाङको पालीमा देख्न पर्दैछ। विनय तामाङले यसलाई झट्ट रोक्नुपर्छ। उनले यो स्थान्तरण रोक्नु नै सही र बुद्धिमत्ताको काम हुनेछ।’

आफ्नो हक र अधिकारको कुरा गर्ने, बोल्ने अधिकार सबैसित रहेको तर लीला गुरुङजस्ता इमान्दाररूपले काम गरिबस्ने मानिसलाई स्थान्तर गरेर जिटिएबासीको गणतान्त्रिक हक छिन्ने काम हुनबाट विनय तामाङले जोगाउनुपर्ने पनि उनले बताए।

‘अरूतिर भइसक्यो तर किन हो पहाडका फरेस्ट भिलेजलाई रेभेन्यु भिलेजमा कन्भर्ट गर्नै मान्दैन राज्य सरकार,’ उनले भने, ‘लीला गुरुङलेहरूले मालिकाना हक कानून मुतावित मागिरहेका छन्। त्यो जायज छ। तर वनबस्तीबासीको अधिकारको कुरा गर्दैमा स्थान्तर गर्नु चाँही ठिक होइन। विनय तामाङले कुरा बुझ्नु अनिवार्य छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares