शताब्दी पुरूष हायमानदास राई किराँतलाई यस वर्षको चन्द्रिका पुरस्कार

Girl in a jacket

खरसाङ, 17 जुलाई।


खरसाङको गोर्खा जनपुस्तकालयबाट मुखपत्रको रूपमा प्रकाशित गरिने चन्द्रिका पत्रिकाको नाममा प्रदान गरिने चन्द्रिका पुरस्कार यसपालि नेपाली साहित्यको युग पुरूष हायमानदास राई किराँतलाई प्रदान गरिने भएको छ। उक्त घोषणा गोर्खा जनपुस्तकालयका सभापति रबीनकुमार प्रधानले गत 15 जुलाईको भानु जयन्ती समारोहमा गरेका हुन्।

यस पुरस्कार सन् 2016 मा प्रथमपल्ट कवि नोर्जाङ स्याङदेनलाई प्रदान गरिएको थियो। नेपाली साहित्यमा उमेरको अभूतपूर्व कीर्तिमान बनाएका किराँतको जन्म गोरूबथानमा सन् 1919 को 11 फरवरीमा भएको थियो। सन् 1934 मा पहिलो कथा शारदा पत्रिकामा छपाएर आफ्नो साहित्यिक यात्रा थाल्ने किराँतको जम्मा 12 वटा कथा सङ्ग्रह, 3 वटा उपन्यास, 3 वटा कविता सङ्ग्रह प्रकाशित छन्। यसबाहेक पचासको दशकमा नवयुग पुस्तक मन्दिर प्रकाशन संस्था स्थापना गरेर नेपाली साहित्यको उन्नतिमा मुख्य भूमिका निर्वाह गरेका थिए।

चन्द्रिका पुरस्कारमा नगद राशि 25 हजार,  प्रशस्ति पत्र, स्मृति चिन्ह,  अङ्ग वस्त्र र ढाका टोपीसहित सम्मान गरिन्छ। उक्त पुरस्कार आगामी सेप्टेम्बर महीनामा प्रदान गरिने भएको जानकारी गोर्खा जनपुस्तकालयको तर्फबाट प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया