सिक्किम विश्वविद्यलयको पहिलो गोर्खा डीन डा. कविता लामा

Girl in a jacket

गान्तोक, 18 जुलाई।


सिक्किम विश्वविद्यालयको नेपाली विभागकी सहप्राध्यापक तथा विशिष्ट साहित्यकार डा. कविता लामा सिक्किम विश्वविद्यालयको डीन पदमा नियुक्त भएकी छन्। विश्वविद्यालयको दोस्रो सर्वउच्च प्रशासनिक पदमा नियुक्त हुने उनी पहिलो गोर्खा महिला हुन्। मूल रूपमा खरसाङ निवासी उनलाई विश्वविद्यालयको स्कूल अफ् ल्याङ्ग्वेजेस एण्ड लिटरेचर डीनको रूपमा नियुक्त गरिएको छ। स्कूल अफ् ल्याङ्ग्वेजेस एण्ड लिटरेचरमा सातवटा भाषा क्रमैले नेपाली, अङ्ग्रेजी, चिनियाँ, हिन्दी, भोटिया, लेप्चा र लिम्बू भाषालाई समावेश गरिएको छ। डा. लामाले गत 11 जुलाईदेखि आफ्नो पदभार सम्हालेकी छन्। यो पदमा उनी आगामी तीन वर्षसम्म रहनेछिन्।

दार्जीलिङ जिल्लाको बिजनबारी महाविद्यालयबाट शिक्षण पेशा शुरु गरेकी डा. लामाले दार्जीलिङकै साउथफिल्ड कलेजमा पनि दुई वर्ष सेवा पुऱ्याइसकेकी छन्। 1999 देखि शिक्षण पेशा शुरु गर्ने डा. लामाले 2012 को अप्रेलदेखि सिक्किम विश्वविद्यालयको नेपाली विभागमा कार्य गर्दै आइरहेकी छन्। नेपाली साहित्यमा प्रमुख हस्ताक्षरका रूपमा चिनिने डा. लामाले ‘भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन’-माथि वनारस विश्वविद्यालयबाट 1997 मा विद्यावारिधि पूरा गरेकी थिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया