खाँटी सिक्किमेहरूले अनलाइन जुवा खेल्न नपाउने

गान्तोक, 18 जुलाई।


सिक्किमेहरूलाई अनलाइन जुवा खेल्नबाट टाडा राख्ने उद्देश्यले सिक्किम सरकारले अधिसूचना जारी गरेको छ। सिक्किम राज्य लटरी निदेशालयद्वारा जारी गरिएको एक अधिसूचनामा अब उसो अनलाइन जुवा खेल्न जाने जुवाडेहरूको परिचय पत्र स्पष्ट रूपमा जाँच हुनेछ। सिक्किमभित्रबाट जारी भएको कुनै पनि प्रमाण पत्र प्रयोग गरेर जुवाखानामा पस्न पाउने छैनन्।

सिक्किममा सञ्चालित अनलाइन जुवा अड्डामा आधार कार्ड, मतदान परिचय पत्र, पासपोर्ट तथा कुनै फोटो प्रमाण पत्र सिक्किम बाहिरबाट जारी गरिएको भए मात्र जुवाखानामा प्रवेश पाउने छन्। अधिसूचनामा स्थानीय जनताको आकांक्षाको सम्मान गर्दै यो अधिसूचना जारी गरिएको हो जुन विशेष रूपले अनलाइन जुवाखानाहरूको निम्ति लागू हुनेछ। सिक्किम अनलाइन गेमिङ रेगुलेशन संसोधन अधिनियम 2009 को नियम 13 लाई प्रयोग गर्दै स्थानीयहरूलाई जुवामा प्रवेश गर्न नदिने नियम बनाएको छ। यसका साथै अधिनियमको नियम 13 को उपनियम 1 र 2 अन्तर्गत यदि कुनै जुवाखानामा स्थानीय मानिसहरूलाई प्रवेश गराइएको र खेलाइएको पाएको खण्डमा जुवाखानाको लाइसेन्स निलम्बन गरिने अथवा रद्ध गरिने अधिसूचनाले बताएको छ।

केही दिनअघि अनलाइन गेमिङलाई लिएर एक सामाजिक कार्यकर्ता नोएल शर्माले विरोध गर्दै रडाँको मचाएपछि राज्यभरि अनलाइन गेमिङलाई नियन्त्रित ढङ्गमा सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको थियो। जसको फलस्वरूप मुख्यमन्त्री पवन चामलिङको 32 दिने राज्यव्यापी भ्रमणको क्रममा गेजिङको जनसम्पर्क कार्यक्रममा स्थानीयहरूलाई अनलाइन जुवा खेल्न नदिने कानून बनाउने घोषणा गरेका थिए। अहिले राजधानीलगायत राज्यभरि विभिन्न नाम र कम्पनीहरूको ब्यानरमा सस्तो र महॅंगो दुवै खाले अनलाइन गेमिङ झरी च्याउ जतिकै उम्रिएको अवस्था छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares