भिखारीमुक्त भारतको सपना बोकेर आशिष शर्मा गान्तोकमा

गान्तोक, 18 जुलाई।


पेशाले मेकानिकल इन्जिनियर रहेका 29 वर्षीय आशिष शर्मा भिखारीमुक्त भारतको अभियानलाई फैलाउन गान्तोक आइपुगेका छन्। दिल्ली निवासी शर्मा देशलाई भिखारीमुक्त पार्नको निम्ति सरकार र राजनैतिक कर्मीहरूबाट भने जस्तो पहल हुन नसक्ने बताउॅंदै आम नागरिक नै अघि आउनुपर्ने मन्तव्य राख्छन्।

यस जागरूकता अभियानमा जोडिनुपर्ने शर्माको अभियानको नारा रहेको छ। गत वर्ष 22 अगस्तको दिन जम्मू कश्मीरबाट अभियानको शुरूवात गर्ने शर्माले मल्टी नेशनल कम्पनीमा इन्जिनियरको रोजगार छोडेर अभियानमा लागेका हुन्। पैदल यात्रा गर्दै ठाउॅं ठाउॅंमा भिखारी मुक्त समाजको नारालाई फैलाउने काममा लागेका शर्माले अहिलेसम्म 7 हजार 5 सय किलोमिटरको यात्रा पूरा गरिसकेका छन्। 17 हजार किलोमिटरको यात्रा तय गर्ने लक्ष्य राखेका आशिष शर्माले अहिलेसम्म 15 वटा राज्यको भ्रमण गरिसकेका छन्। पूर्वोत्तर राज्यको भ्रमणमा सिक्किमबाट यात्रा शुरू गरेका शर्माले भोलिदेखि असमको निम्ति यात्रा शुरू गर्ने बताएका छन्।

समाजमा भिखारीमुक्त बनाउनभन्दा पहिले भिखारी जन्मने स्थिति उत्पन्न हुन नदिनु नै मुख्य कुरा रहेको बताए। सातवटा कारणले गर्दा भिखारीहरूलाई प्रयोगमा ल्याउने बताउॅंदै ती कारणहरू समाजको निम्ति आपराधिक क्रियाकलापसितै सम्बन्धित रहेको बताए। जसमा अपहरण सङ्गठित माग्ने, खाते, बालश्रम, मानव अङ्ग तस्कर, अनुवान्सिक प्रयोग, यौन व्यापार, ड्रग्स र अन्य आपराधिक घटनाहरूको निम्ति भिखारीहरूलाई प्रयोगमा ल्याउने गरेको बताए। यसलाई समाजबाट मुक्त राख्ने विषयमा सरकार र राजनीतिज्ञले ठोस काम नगरेको उनले दाबी गरे।

यसकारण यो समस्याबाट देश र समाजलाई भिखारीमुक्त राख्नु हो भने नागरिकमा जागरूकता आउनु आवश्यक रहेको बताउॅंदै यो अभियान थालेको र यात्रा पूरा भएपछि अभियानबारे मोबाइल एप्लिकेशन तयार गरेर राष्ट्रिय स्तरकै भिखारीमुक्त अभियान सञ्चालन गर्ने बताए। अर्कोतिर, सिक्किम भिखारीमुक्त राज्य भएकोमा खुशी व्यक्त गर्दै सिक्किममा भिखारी संस्कारलाई प्रोत्साहन नगरे पनि सिक्किम बाहिर जाँदा सिक्किमे नागरिकहरूले भिखारीहरूलाई प्रशस्त पैसा दिने गरेको कुरालाई यो संस्कार पनि सुधार हुनुपर्ने र भिखारीलाई पैसाको साटो आवश्यकताअनुसार जरूरी सामग्री र खाने कुरा दिनु उचित रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares