अलग टिस्टा जिल्ला गठनको खबर झुटो र मनगड्न्ते हो-एलबी राई

मिरिक, 18 जुलाई:  अलग टिस्टा जिल्ला गठनको खबर झुटो र मनगड्न्ते रहेको हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले दावी गरेका छन्। केही दिनदेखि सामाजिक सञ्चालमा टिस्टा जिल्ला बनिरहेको खबर भाइरल बनेको थियो। यसैलाई आधार गरेर एलबी राईले उक्त खबर झुटो रहेको दावी गरेका हुन्।

‘अलग टिस्टा जिल्ला बनिने कुरा झुटो अनि अफवाह मात्र हो’-राईले भने, ‘यो अफवाह फैलाउनेहरूलाई प्रशासनले चिह्नित गरेर शीघ्र कठोर कार्यवाही गर्नुपर्छ।’

राईले बिना तथ्य कुनै पनि कुराको गलत प्रचार गर्नु अपराध रहेको बताए।

‘कुनै पनि जिल्ला गठन गर्न अघि एउटा अधिसूचना जारी गरेको हुन्छ, सरकारले यस्तो केही गरेको छैन’-राईले भने, ‘यस्तोमा कसैले पनि अफवाह फैलाएर जनतालाई भ्रमित बनाउन खोज्छ भने उनीहरूलाई कानुनी कार्यवाही गर्न जरूरी छ।’

उनले यस्ता मनगढन्ते अनि अफवाहको पछि नलाग्न आह्वान गर्दै सरकारको यस्तो नयाँ जिल्ला बनाउने कुनै योजना नरहेको दावी गरेका छन्।

अर्कोतिर राईले सरकारले भूमिहीनहरूलाई प्रदान गरिरहेको जमीनको पर्जापट्टाबारे पनि नकारात्मक टिप्पणी भइरहेको गुनासो गरे। उनले सरकारले पाँच डेसीमल जमीन भूमिहीनहरूलाई प्रदान गर्नको लागि तयार पारेको योजना रहेको अनि यसमा सरकारले भूमि हुनेहरूको जमीन  उल्टै  खोसेर लान्छ भनेर सोच्नु गलत रहेको बताए।

‘सरकारले जसको जमीन जति छ उनीहरूलाई जमीनको पर्जापट्टा प्रदान गर्ने कार्य गरिरहेको छ, यस विषयमा कसैले पनि गलत प्रचार गरेर राजनैतिक रोटी सेक्ने कार्य गर्नु हुदैन’-राईले भने, ‘जसको जमीन जति छ त्यो सुरक्षीत छ, सरकारले कहिले पनि खोसेर लानेछैन, जनता ढुक्क हुनुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया