मिरिकमा गोरामुमो समष्टि समितिको सभा : विमल गुरुङ रोशन गिरीलाई पनि छैटौँ अनुसूचिको समर्थन गरिने अनुरोध

मिरिक, 19 जुलाई।


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक, सौरेनी, पानीघट्टा समष्टिको एउटा सभा गोरामुमो मिरिक पार्टी कार्यालयमा भयो। सभाले साङ्गठानिक गतिविधिबारे चर्चा गर्दै छैटौँ अनुसूचिको मुद्दालाई व्यापक प्रचार प्रसार गर्ने निधो गरेको छ। सभापछि पार्टीको भूतपूर्व सैनिक सङ्गठनले छैटौँ अनुसूचिको प्रचार गर्दै मिरिकमा व्यापक पोष्टरिङ गरेको छ।

पोष्टरिङपछि पत्रकारहरूसित कुरो गर्दै गोरामुमो मिरिक समष्टि सचिव आलोक गुरुङ, भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष सीके गोले, सचिव सहदेव दर्जी, अनिल राई, प्रमोदकुमार राई, गोरामुमो नेताहरू जेबी लिम्बू, अरबीन सुब्बा, सुनिल सुब्बा आदिले गोरामुमोको मुख्य मुद्दा छैटौँ अनुसूचि रहेको अवगत गराँउदै छैटौँ अनुसूचि संवैधानिक सुरक्षा भएको व्यवस्था रहेकोले यसलाई शीघ्र लागू गर्नुपर्छ भन्ने माग गोरामुमोको रहेको बताए।

गोरामुमो नेताहरूले २०१९ को लोकसभा चुनाउमा पनि गोरामुमोको मुद्दा छैटौँ अनुसूचि नै हुनेछ भन्दै गोजमुमो नेताहरू बिमल गुरूङ अनि रोशन गिरीलाई पनि छैटौँ अनुसूचिको मुद्दालाई समर्थन गरिदिने अनुरोध गरेका छन्। गोरामुमो नेताहरूले राज्य हुनेहरूले पनि हाल विशेष राज्यको दर्जा मागिरहेका छन्। यसले कहिले पनि कुनै माग समाप्त हुँदैन भन्ने प्रमाण गर्छ भन्दै छैटौँ अनुसूचिपछि नै राज्य गठन गर्न सुविधा हुने कुरामा जोड़ दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया