सिक्किमको 16औँ राज्य स्तरीय जुनियर र सब जुनियर बक्सिङ प्रतियोगिता आरम्भ

गान्तोक, 21 जुलाई।


सिक्किम एमेच्योर बक्सिङ एसोसिएशनको आयोजनमा आजदेखि 16औँ राज्यस्तरीय जुनियर र सब जुनियर बक्सिङ प्रतियोगिता आरम्भ भयो। राजधानी गान्तोकको ह्वाइट हलमा आयोजित प्रतियोगितामा चारवटा जिल्लाबाट छनौट भएर आएका 10-10 जना बोइज र गर्ल्स खेलाडीहरूले  प्रतियोगितामा भाग लिइरहेका छन्।

एसोसिएशनका प्रमुख प्रशिक्षक जसलाल प्रधानले भने पहिले सिक्किमको सिमियर, युथ, जुनियर र सब जुनियर सबैको एकैचोटि टुर्नामेन्ट आयोजन गरिन्थ्यो। तर यसपालिदेखि जुनियर र सबजुनियरको निम्ति अलग्गै प्रतियोगिता आयोजना गरिएको बताए। जसको निम्ति प्रत्येक जिल्लामा क्लबहरूका खेलाडीहरूबीच प्रतिस्पर्धा सकिएपछि जिल्लालाई प्रतिनिधित्व गर्ने खेलाड़ीहरूलाई लिएर प्रतियोगिता आयोजन गरिएको छ। यहाँबाट चयन हुने खेलाडीहरूले आगामी अगस्त महीनामा हुने राष्ट्रिय प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्ने मौका पाउने पनि उनले जानकारी दिए।

कार्यक्रमको उद्घाटन सिक्किम पुलिसका महानिर्देशक एसडी नेगीले गरेका थिए भने विशिष्ठ अतिथिको रूपमा ओलम्पिक एसोसिएशनका अध्यक्ष बीके रोका उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares