बनियो ग्याङरेपमा संलग्न एक आरोपीको स्केच

खबरम्यागजिन खबरदाता

सिक्किम, 15 मई/2017


गुडगाउँमा सिक्किमकी 22 वर्षीय युवतीसित तीन युवकले कारमा नै  पाँच घण्टा लगातार सामुहिक दुष्कर्म गरेपछि दिल्लीको सडकमा फ्याँकिदिएको थियो। कनाड प्लेस घुमेर घर फर्किरहेकी युवतीसित भएको यो दुष्कर्मको घटनाको निन्दा चारैतिर चलिरहेको छ। आरोपीहरूको खोजिलाई निरन्तरता दिइरहेको गुडगाउँ पुलिसले आज आरोपीहरू मध्ये एकको स्केच सार्वजनिक गरेको छ।

युवतीले आफूलाई बलात्कार गर्नेहरूबारे पुलिसलाई बताएकी थिइन्। तीन आरोपीहरूमध्ये एकको नाम दीपक रहेको युवतीले बताएकी थिइन्। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पनि घटनामा दुःख व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन