होमस्टे ओनर्स एसोसिएशनको गठन

दार्जीलिङ, 21 जुलाई।


दार्जीलिङ पहाडका होमस्टे मालिकवर्गलाई एकताको सूत्रमा बाँध्नका साथै यहाँको पर्यटनलाई केही हदसम्म भए पनि सहयोग प्रदान गर्न आज दार्जीलिङमा कञ्चनजङ्घा होमस्टे ओनर्स एसोसिएशनको गठन गरियो। जसको संयोजक अनिलकुमार गुरूङलाई बनाइएको छ। यसरी नै खरसाङ र कालेबुङको लागि संयोजक जितु गिरीलगायत अन्य स्थानको लागि पनि संयोजकहरूको चयन गरिएको छ।

बेरोजगारहरूका लागि वैकल्पिक रोजगारको व्यवस्था हुन सकोस् भन्ने पनि यस सङ्गठन गठनको अर्को उद्देश्य हो। यसलाई अझै कसरी अघि बढाउनपर्ने हो अनि यसतर्फ युवावर्गलाई कसरी प्रोत्साहित गर्नुपर्ने हो भन्ने विषय लिएर एसोसिएशनले आगामी 30 जुलाईको दिन यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा अर्को सभा गर्ने पनि तय गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares