उत्तर सिक्किम हाईवे-मा भीषण पैह्रो, 6 वटा जीपीयु सम्पर्क विहिन

गान्तोक, 21 जुलाई।


उत्तर सिक्किम राष्ट्रिय राजमार्गमा भीषण पैह्रो जाँदा काबी लिङचोक समष्टिका छःवटा जीपीयु राजधानीसित सम्पर्क विहिन भएको छ। यसका साथै उत्तर सिक्किमको मुख्यालय समेत अधिकांश पर्यटकीय स्थलहरू वैकल्पिक मार्गहरूको प्रयोग गरेर राजधानीसित सम्पर्कमा रहे तापनि लामो बाटो भएकोले ठूलो समस्यामा परेका छन्।

राजधानी गान्तोकबाट लगभग 25 किलोमिटर टाडा काबी लुङचोक निर्वाचन क्षेत्रको नामसिंह देवीथान समेत नर्थ सिक्किम हाईवे-को लगभग एकसय मिटर हाइवे पैह्रोले चुँड़िएको छ। आज बिहान लगभग दुई बजी उक्त भीषण पैह्रो गएको स्थानीय पञ्चायत सदस्य छेवाङ फुर्बा शेर्पाले जानकारी दिए। उनले बताएअनुसार उक्त देवीथानबाट पानी पलाउने गरेको र केही दिन अघिदेखि नै सानो तिनो ढुङ्गा झरिरहेको भए पनि आज अचानक यति ठूलो पैह्रो गएपछि यो राजमार्गले जोड्ने छःवटा जीपीयु अहिले सम्पर्क विहिन बनेको छ। सडकको एकसय मिटर लम्बाई चुँड़िएको छ भने डेढसय मिटर जति लामो पैह्रो सडकमाथिबाट आएकोले स्थानीय मानिसहरूको वनको विनास पनि गरेको उनले बताए।

पैह्रोले गाउॅं घरलाई क्षति नपुऱ्याए पनि पैह्रो बढिरहेको खण्डमा छेवैको गाउॅंलाई तान्न सक्ने खतरा रहेको छ। पैह्रोले गर्दा स्थानीय युवाहरू जसले आईआरबी जवानको निम्ति आज राजधानीमा परीक्षा दिनुपर्ने थियो गाउॅंका युवाहरू परीक्षा बस्नबाट वञ्चित भएका छन्। यसैगरि साप्ताहिक रूपमा शनिबार र आइतबार गाउॅंमा उत्पादित जैविक साग सब्जी बेच्न किशान, बजार आउने सबै गाउॅंले व्यापारीहरूको सब्जी रोकिएको छ। बाटो बन्द भएपछि सब्जी रोकिनाले गाउॅंलेहरूलाई दुईदेखि तीन लाखसम्म हानी पुग्ने पञ्चायत शेर्पाले बताए, जुन स्थानीय गाउॅंलेहरूको निम्ति ठूलो नोक्सान रहेको बताए।

अर्कोतिर, उत्तर सिक्किम हाईवे-लाई रखरखाउको जिम्मेवारी लिएका ग्रेफ र सेनाले पुनर्बहालको निम्ति पहल शुरू गरिसकेको छ। यद्यपि पैह्रो ठूलो भएकोले निरन्तर काम गरिरहॅंदा पनि तीन दिन समय लाग्न सक्ने ग्रेफका अतिरिक्त अभियन्ता सिविल लाल सिंहले बताए। उनले पैह्रोबाट यथाशीघ्र बाटो निकाल्न थप संसाधन मगनबाट पनि मगाइएको र निरन्तर काम जारी राख्ने र प्राथमिकताको आधारमा हाईवे-मा यातायात पुनः बहाल गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares