खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा प्रिन्टको सबै कामहरू 31 जुलाईसम्म मात्रै हुने कुरामा कर्मचारीहरू चिन्तित

खरसाङ, 24 जुलाई।


खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा आगामी 31 जुलाईसम्म मात्रै सबै प्रिन्टको कामहरू हुने तर त्यसपछिदेखि भने प्रिन्टको कामहरू बन्द हुने भन्ने सम्बन्धित विभागबाट चिट्ठी आएपछि यहाँ कार्यरत् कर्मचारीहरू चिन्तित छन्। धेरै अघिदेखि नै उत्तर पूर्वी रेलवेको धेरैवटा प्रिन्टिङ प्रेसहरू बन्द गरिने रेलवेको तर्फबाट घोषणा गरिसकेको छ अनि तीमध्ये खरसाङको प्रेस पनि एउटा हो। तर यहाँ कार्यरत् कर्मचारीहरूले आफ्नो तर्फबाट बन्द हुनबाट रोक्न धेरै प्रयास गरिरहेका छन्। तर फेरि  रेलवेको तर्फबाट गत 18 जुलाईमा नै एक चिट्ठीमार्फत खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा आगामी 31 जुलाईसम्म मात्रै प्रिन्टका सबै कामहरू हुने त्यसउता बन्द हुने जनाइएपछि यहाँ कार्यरत कर्मचारीहरू डराइरहेका तथा चिन्तित देखिएको छ।

यस विषयमा यहाँको एक कर्मचारी रमेश रसाइलीले पत्रकारहरूलाई बताए अनुसार गत 18 जुलाईमा रेलवेबाट चिट्ठी प्राप्त भएको छ। उक्त चिट्ठीमा खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा आगामी 31 जुलाईसम्म मात्रै सबै प्रिन्टको कामहरू हुने तर त्यसपछि बन्द गरिनु पर्ने आदेश आएकोले उनीहरू चिन्तित छन्। उनले यस कुरालाई लिएर पहिलेबाटै चिन्तित रहेको बताए, किनभने अघिबाटै खरसाङको रेलवे प्रिन्टिङ प्रेसलगायत अन्य ठाउँको प्रिन्टिङ प्रेसमा पनि यस्तै अर्डर आएको थियो अनि त्यो अर्डर अनुसार बन्द भएर त्यहाँका कर्मचारीहरू पनि स्थानान्तरण भइसकेको बताए।

उनले खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा कार्यरत् कर्मचारीहरू लगायत खरसाङवासीहरू एकवद्ध भएर खरसाङको यो ऐतिहासिक रेलवे प्रिन्टिङ प्रेस बन्द हुनदेखि जोगाउनु पर्ने आह्वान सबैलाई गरेका छन्। उनले यसलाई रोक्न विभिन्न पहल गर्दै सम्बन्धित विभागलाई पत्रचार गरिसकेको पनि बताएका छन्। खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा विगत 2001 देखि कार्यरत् कर्मचारी मधुसुदन दास आफू नेत्रहीन भए पनि यहाँको सबै कक्षहरू र कामहरूसित अवगत भएको र आफ्नो कामहरू असल प्रकारले गरिरहेको तर अब यो प्रिन्टिङ प्रेस अन्यत्र सारिए धेरै असुविधा हुने बताए।

त्यसरी नै रेलवेको सबै प्रकारका प्रिन्टको कागज पत्रहरू लिन किशनगञ्ज रेलवे स्टेशनबाट खरसाङ रेलवे प्रिन्टिङ प्रेस आएका कर्मचारी सचेतानन्दअनुसार यहाँको प्रिन्टिङ प्रेसबाट नै प्रिन्टको कागज पत्रहरू लान सुविधा भइरहेको तर यो बन्द भएपछि भने धेरै असुविधा हुने बताएका छन्। त्यसरी नै यहाँ कार्यरत् एकजना कर्मचारी सञ्जीव लामाले रेलवेबाट यो प्रिन्टिङ प्रेसमा प्रिन्टको कामहरू बन्द गरिने चिट्ठीको कारण धेरै चिन्तित रहेको बताएका छन्। उनले यो प्रेस बन्द भएपछि कर्मचारीहरू पनि स्थानान्तरण हुन पर्ने भएकोले धेरै असुविधा हुने कारण पनि चिन्ति रहेको बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया