खरसाङ लाइन्स क्लबद्वारा व्हील चियर प्रदान

खरसाङ,24 जुलाई: लाइन्स क्लब अफ खरसाङले सोमवार यहाँको भानुटोल निवासी शङ्कर छेत्रीलाई व्हील चियर प्रदान गरेको छ। शारिरिक रूपले हिडन असक्षम छेत्रीलाई क्लबका सचिव शिवानी गोयन्का लगायत अन्य प्रतिनिधिहरू गएर व्हील चियर प्रदान गरे।

यसबारे जानकारी गराउॅदै सचिव श्रीमति गोयन्काले खरसाङ लाइन्स क्लबले गरेको कार्य दक्षतालाई हेरेर अन्तराष्ट्रिय लाइन्स क्लबले पाँचवटा पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार गत 22 जुलाई प्रदान गरियो। सेफरन कीट्स सिलगढीमा आयोजित एक समारोहमा सभापति गीता अग्रवाल अनि सचिव शिवानी गोयन्कालाई वर्ष 20017-18 अनि क्याबिनेट सदस्य अरूण अग्रवाललाई तथा वर्षभरि असल कार्य गरेवापत तेस्रो पुरस्कार प्रदान गरियो। पुरस्कारमा स्क्राप बुक अनि प्रमाण पत्र प्रदान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया