खरसाङमा  ट्राफिक सप्ताह पालन

Girl in a jacket

खरसाङ, 24 जुलाई: खरसाङ महकुमा प्रशासन र खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङमा ट्राफिक सप्ताह पालन गरिएको छ। सप्ताहव्यापी ट्राफिक सुरक्षा व्यवस्था गत 23 जुलाई सोमबारदेखि शुरू गरिएको छ। यो आगामी 31 जुलाईसम्म सम्म चल्ने भएको छ। यस ट्राफिक सप्ताहको दोस्रो दिन मंगलबार खरसाङको मोटर स्ट्याण्टमा ट्राफिक सुरक्षा विषयमा चालकहरूमा गाडी चलाउँदा गर्नुपर्ने सावधानी र ट्राफिक नियमहरू विषयमा जागरूक गरिएको छ ।

आजको ट्राफिक सचेतना कार्यक्रममा खरसाङको महकुमा शासक देवाशिष चट्टोपाध्यले आफ्नो सम्बोधनमा ट्राफिक सुरक्षा व्यवस्था र ट्राफिक नियमहरू विषयमा बताए। उनले सप्ताहव्यापी ट्राफिक सुरक्षा विषयमा बोल्दै 23 जुलीईदेखि ट्राफिक सप्ताह शुरू भएर आगामी 31 जुलाईसम्म चल्ने जनाए।

उनले हिज र आज अनि 31 जुलाईसम्म ट्राफिक सुरक्षाको लागि आयोजना गरिने विभिन्न सचेतना कार्यक्रमहरू विषयमा विस्तृत जानकारी पनि गराए। आजको कार्यक्रममा गाडी चालकहरूमा सचेतना गराउँदै ट्राफिक नियमावली भएको स्टिकरहरू गाडीहरूमा टाँस्ने काम गरियो भने ट्राफिक नियम अनुसार नभएका गाडीका चालकहरूलाई गाँधीगिरी गर्दै खदा माला पनि लगाइदिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया