गोर्खा जनकल्याण पार्टी भाजपामा सामेल हुने

मिरिक,24 जुलाई: गोर्खा जनकल्याण पार्टी भारतीय जनता पार्टीमा सामेल हुने सम्भावना छ गोर्खाजनकल्याण पार्टी केन्द्रीय अध्यक्ष कृष्ण छेत्री अनि उपाध्यक्ष रञ्जित सुब्बाले मिरिकमा पत्रकारहरूसित कुरा गर्दै पार्टी दलबलसितै भाजपामा समेल हुने तयारीमा रहेको संकेत दिएका छन्। उनीहरूले पार्टी कहिले भाजपामा सामेल हुन्छ भन्ने स्षट नबताए पनि हाल भाजपा केन्द्रीय नेतृत्वहरूसित पार्टीको बातचित भइरहेको कुरो स्वीकार गरेका छन्। उनीहरूले पहाडको अस्थिर राजनैतिक परिवेशलाई भाजपाले मात्र स्थिरता दिन सक्छ भन्दै भाजपाले पहाड मधेस नछुट्याएर राज्य समितिमा राखेर दायित्व प्रदान गरेको खण्डमा आफूहरू भाजपमा सामेल हुनसक्ने बताए। राज्यको सत्तारूढ तृणमूल कङ्ग्रेस पार्टीले पहाडको शैक्षिक, समाजिक, आर्थिक क्षेत्रमा भनेजस्तो कार्य गर्न नसकेको उनीहरूको दावी छ।

‘यहाँ साधरण जनताको अभाव र समस्या जस्ताको त्यस्तै रहेको छ’-उनीहरूले भने, ‘तृणमूल कङ्ग्रेसलाई सत्ताच्युत गर्न अनि आगामी लोकसभा चुनाउमा भाजपाको पक्षमा अधिक सीट हत्याउन हामी सक्रिय बन्न सक्छौँ।’

आफूहरूले साधरण जनताको हितमा कार्य गर्न चाहेको भन्दै चिया श्रमिकहरू बसोबास गर्दै आएको सम्पूर्ण जमीनको पर्जापट्टा पाउनुपर्ने भन्दै केवल पाँच डेसिमल मात्र प्रदान गरे आफूहरूको विरोध रहने पनि उनीहरूले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares