‘बर्खा लाग्यो कि भाग्नुपर्छ’

सञ्जय निरौला, बिजनबारी, 25 जुलाई


विगत बर्ष जुन महिनातिरको  लगातार परेको बर्खाको पानीले गर्दा लगभग पचास फीट अप्पर लामा गाउँ मझुवा स्थानीय शिशु शिक्षा स्कूलदेखि झेपी खोलासम्म भीषण पैह्रो गएका थियो। सोही पैह्रोले गर्दा स्थानीय गाउँका 15 परिवारहरू अझसम्म प्रभावित बनेका छन्।

शिशु शिक्षा स्कूलको  छतबाट खसेको पानीले गर्दा  पैह्रो गएको स्थानीयको भनाई छ। ‘पैह्रोको चपेटामा आउँदा मेरो बारीमा लगाएको अलैंची, इस्कुस खेती लागयत अन्य छेउ-छेउमा भएका गाउँले साथीहरूका खेती पनि स्वाहा भयो,’ स्थानीय कृपा शेर्पा बताउँछन्।

उक्त घटनाको जानकारी सम्बन्धित विभागलाई दिए पनि वर्षदिन बितिसक्दा पनि अहिलेसम्म निरीक्षण गर्नसमेत कुनै कर्मचारी नआएको उनले बताए।  पैह्रोपीडित अप्पर लामा गाउँ मझुवाबासी बर्खाभरि घर छोडेर अन्यत्र स्थानमा रात बिताउन बाध्य रहेको पनि उनले बताए।

‘सरकार र जिटिए दुवैले विकासको कुरा त गरिरहेकै छ,’उनले भने, ‘तर हाम्रोतिर आइपुगेको छैन। पैह्रोपीडितहरूलाई सहीव्यवस्थापन गरोस् भन्ने चाहान्छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया