ट्राफिकमा गान्धिगिरी

खरसाङ, 26 जुलाई


खरसाङको महकुमा प्रशासन र खरसाङ ट्राफिक पुलिसले सप्ताहव्यापी ट्राफिक सुरक्षा कार्यक्रममा हिजो गान्धिगिरी वाहनहरूको निरीक्षण गऱ्यो। खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्ययले ट्राफिक सचेतना कार्यक्रममा सहभागितासमेत दिए।  कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर चालकहरूलाई सिटबेल्ट बाँध्नेलायतका सुरक्षाका नियमलाई आज ट्राफिक सचेतना ऱ्याली निकालियो। ऱ्यालीसितै ट्राफिक सुरक्षा विषयमा सचेतना कार्यक्रम पनि गरिएको छ ।

खरसाङ मोटर स्ट्याण्टबाट ऱ्याली निक्लेर हिलकार्ट रोड हुँदै बस बिसौनीसम्म पुग्यो। यसपछि भएको सचेतना शिविरमा खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्यय, एएसपी हरिकृष्ण ताई, खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त, खरसाङ ट्राफिक प्रभारी धनञ्जय सरकार, एमबीआई( टेक्नीकल) दार्जीलिङ ,खरसाङको विभिन्न स्कूलहरूका विद्यार्थीहरू,सरकारी कर्मचारीवर्ग लगायत अन्यहरू उपस्थित थिए। ट्राफिक सुरक्षा सप्ताहको पाँचौं दिन आँखा जाँच शिविर हुने भएको छ। छैटौं र सातौं दिन स्वस्थ्य जाँच शिविर छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया