एकीकरणको मुद्दा हाइज्याक?

खबरम्यागजिन खबरदाता

दार्जीलिङ , 16 मई।


जुन राजनैतिक पार्टीले हिजोसम्म गोर्खाल्यान्डको रट लगाएर राजनीति गरिरहेको थियो, आज यस पार्टीले भाका फेर्ने कार्य गर्दैछ। यो एउटा असलसँगै आश्‍चर्यको विषय हो। तर सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा लिएरनै जन्मिएको गोर्खा राष्ट्रिय कंग्रेसको मागलाई हाइज्याक गर्ने प्रयास पनि भइरहेको छ।


सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई हिजोसम्म गोर्खाल्यान्डको माग उठाउने पहाड़को एउटा राजनैतिक पार्टीले हाइज्याक गर्न खोजेको आरोप उठेको छ। विगत निकै वर्षदेखि सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई हातमा लिएर घरि दार्जीलिङ पहाड़मा अनि घरि सिक्किमसम्म पुगेर आन्दोलन गर्ने गोर्खा राष्ट्रिय कंग्रेसले आफ्नो मूल मुद्दालाई दार्जीलिङको एउटा पार्टीले हाइज्याक गर्न खोजेको अनि यसमा गोर्खाल्यान्डको माग जस्तै यस मुद्दालाई पनि विफल बनाउने षड़्यन्त्रको गन्ध आएको पनि शङ्का गरेको छ।

हिजो मात्रै अखिल भारतीय गोर्खालीगको 74औं स्थापना दिवसको अवसरमा गोर्खालीगका महासचिव प्रताप खातीले सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दामाथि जोड़ दिंदै यसबारे पार्टीलाई प्रस्ताव दिएको बताएका थिए। यद्यपि, गोर्खा राष्ट्रिय कंग्रेसका कार्यकारी अध्यक्ष अशोककुमार लेप्चाले कुनै पार्टीको नाम नलिई भने-कुनै पनि पार्टीको आफ्नो सिद्धान्त र नीति हुन्छ अनि त्यसै सिद्धान्तमा अडिग बस्ने सबै पार्टीको धर्म हो।

तर हिजोसम्म अलग राज्य गोर्खाल्यान्डको माग उठाउने पार्टीले आज आएर कसरी अचानक सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा उठाउँदैछ? कतै यस मुद्दालाई पनि गोर्खाल्यान्डको मुद्दा जस्तै विफल बनाउने षड़्यन्त्र हुँदैन? यदि यस्तो भएको खण्डमा सिक्किम-दार्जीलिङ एकीकरण होस् भनेर चाहने दार्जीलिङ पहाड़का जनताले यस्ता पार्टीलाई कदापि माफी गर्नेछैन।

यति मात्रै होइन, यस पार्टीले आफ्नो सिद्धान्त परिवर्तनबारे जनतालाई पनि स्पष्टीकरण दिनुपर्छ। गोर्खा राष्ट्रिय कंग्रेसले सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा उठाउन शुरू गर्दा यस विषयमा सिक्किम मान्छ? भन्ने पार्टीले आज सिक्किम-दार्जीलिङ एकीकरणकै मुद्दा उठाउनुमा के रहस्य छ? कतै यस मुद्दालाई भत्काउने षड़्यन्त्र छैन यसमा? उनले प्रश्‍न खड़ा गरे। सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई अन्य पार्टीले पनि बुझ्न थाल्यो अनि यो गोर्खा राष्ट्रिय कंग्रेसको सफलता होइन? भन्ने प्रश्‍न गर्दा उनले भने-यदि साँचो अनि सत्य मनले सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा उठाएको हो भने ठीकै हो, तर यसको लागि सबैभन्दा पहिले जसले पनि यो मागलाई उठाउँछ, त्यस पार्टीले गोर्खा राष्ट्रिय कंग्रेससित सरसल्लाह गर्नुपर्छ। यसको लागि उनीहरुनै हामीअघि आउनुपर्छ।

उनले भने-जुन राजनैतिक पार्टीले हिजोसम्म गोर्खाल्यान्डको रट लगाएर राजनीति गरिरहेको थियो, आज यस पार्टीले भाका फेर्ने कार्य गर्दैछ। यो एउटा असलसँगै आश्‍चर्यको विषय हो। तर सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा लिएरनै जन्मिएको गोर्खा राष्ट्रिय कंग्रेसको मागलाई हाइज्याक गर्ने प्रयास पनि भइरहेको छ। आफ्नो मूल मागबाट पछि हटेर एकीकरणको मुद्दा समात्नु पहाड़का जनतालाई धोका दिनसँगै अवसरवादी राजनीति गर्नु पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन