चिया श्रमिकहरूको हितमा डाकिएको बैठक निष्कर्षविहिन

Girl in a jacket

खरसाङ , 26 जुलाई


चियाबारी श्रमिकहरुको हितमा जोइन्ट लेवर कमिशनको तर्फबाट बिहिबार खरसाङमा बोलाइएको सबै श्रमिक सङ्गठनहरूको सभा निष्कर्षविहिन सकिएको छ। जोइन्ट लेवर कमिशनको तर्फबाट बिहिबार खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा पहाडका सबै राजनीतिक दलका श्रमिक सङ्गठनहरूलाई लिएर सभा राखिएको थियो।

दार्जीलिङ टी एसोसिएसनको सचिव सन्दीप मुखर्जीको भनाई अनुसार कम्पनीको तर्फबाट कुनै आश्वासन नपाइएकोले श्रमिक सङ्गठनहरुको तर्फबाट सभामा राखिएको सबै मागहरूमाथि चर्चा हुनै सकेन।

सभामा दार्जीलिङ टी एसोसिएसन, इण्डियन टी एसोसिएसनका पदाधिकारीहरू, जोइन्ट लेवर कमिशन, दार्जीलिङ, खरसाङ र कालेबुडको सहश्रम आयुक्तलगायत पहाडका विभिन्न राजनैतिक दलहरूका श्रमिक सङ्गठनका पदाधिकारीहरू उपस्थित थिए।

जोइन्ट फोरमको संयोजक एवं एचपीडब्ल्युयुको केन्द्रीय कार्यकारी सभापति जेबी तामाङ, केन्द्रीय सदस्य एके देवान, गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयु केन्द्रीय सभापति करुणा गुरूङ, महासचिव भरत ठकुरी, साङ्गठनिक सचिव प्रणाम रसाइली, जापबाट अमर लामा, क्रमाकपाबाट केबी गुरूङ, सुनिल राई लगायत अन्यहरू उपस्थित थिए।

सरकारको पक्षबाट राशनको 9 रूपियाँ अझसम्म लागु नभएको, अन्तरिम व्यवस्थामा दैनिक रोज 17.50 रूपियाँ जनवरीदेखि अप्रेलसम्मको एरियल नपाएको, स्टाफ र सप स्टाफहरूको वेतन बढोत्तरीको एरियल अझै नपाएको तथा एलटीएको एरियल पनि नपाएको कुरा श्रमिक सङ्गठनहरूको तर्फबाट राखिए।

यद्धपि, कम्पनीबाट कुनै आश्वासन नपाएको भन्दै आजको सभा निष्कर्षविहिन सकिएको बताइएको छ। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जोइन्ट फोरमको संयोजक एवं एचपीडब्ल्युयुको केन्द्रीय कार्यकारी सभापति जेबी तामाङले जोइन्ट लेवर कमिशनको तर्फबाट पहाडको चिया श्रमिकहरुको हितमा सबै श्रमिक सङ्गठनहरूलाई सभामा बोलाएको अनि सभामा चर्चा भएपनि डीटीए सचिव नै कुनै मेन्डेडबिना नै उपस्थित भएकोले सभा निष्कर्षविहिन सकिएको बताए।

‘अब हामी अघिल्लो निर्णय 30 जुलाईपछि लिने छौं,’  उनले भने। त्यसरी नै जाप नेता अमर लामाले जोइन्ट कमिशनको तर्फबाट अचानक सभा बोलाउनु रहस्यमय रहेको बताए। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै डीटीडीपीएलयु केन्द्रीय महासचिव भरत ठकुरीले आजको सभामा कुनै निश्चित एजेण्डा नभएको कारण निष्कर्षविहिन सकिएको बताए।

त्यसरी नै क्रामाकपा समर्थित श्रमिक सङ्गठनका सचिव सुनिल राईले सभामा श्रमिकहरुको पक्षमा धेरै कुराहरू राखेपनि दलको स्थायी माग निम्नत्तम रोजगार अधिनियम चिया श्रमिकहरुको हितमा लागू गराउनु नै रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया