छैटौं अनुसूची लागु गराउने माग र लीला गुरूङको पक्षमा गोरामुमोद्वारा पोष्टरिङ

Girl in a jacket

खरसाङ, 26 जुलाई


दार्जीलिङ पहाडमा झट्टै छैटौं अनुसूची लागू गर्नुपर्ने  र राजनैतिक षडयन्त्रमा परेर स्थान्तरण हुने लीला गुरूङको पक्षमा गोरामुमोले  पोष्टरिङ गरेको छ। गोरामुमो घुम्ती शाखाको भिलेज चिफ् समर गुरुङको नेतृत्वमा गोरायुमो घुम्ती शाखाद्वारा घुम्ती चियाबारीको गन्टीटार र महानदी बजारदेखि घुम्ती जाने बाटोमा पोष्टरहरू टाँसिएको हो।

गोरामुमो घुम्ती शाखाको भिलेज चिफ् समर गुरूङ  र गोरायुमो घुम्तीको सभापति राजीव खवास, उप सभापति अजय गहतराज, सचिव सपन खवास लगायत अन्यले पोष्टरहरू टाँसेका हुन्। पोष्टरहरूमा ‘यदि गोर्खाल्याण्ड दिन सक्दैन भने छैटौं अनुसूचि चाढै लागु गर।’ ‘लीला गुरूङलाई राजनैतिक शिकार बनाएर जुन स्थान्तरण गरिएको छ, त्यसको गोरामुमोले घोर विरोध गर्दछ’ भनी लेखिएको छ। त्यसरी नै ‘असंवैधानिक जीटीए चाढै रद्द गर, 2006 को बन अधिकार ऐन झट्टै लागु गर, चिया तथा सिन्कोना श्रमिकहरुको हित र अधिकारहरु हनन् गर्नु बन्द गर’ जस्ता कुराहरू पनि लेखिएको छ।

समर गुरूङले भने, ‘हामीले यी पोष्टरहरू हिजदेखि नै टाँसिरहेका छौं। पोष्टरहरू मार्फत् जनतालाई छैटौं अनुसूची बुझाउन चाहान्छौं। हामीलाई 5 डेसीमल मात्र होइन तर पुस्तौदेखि बस्दै आएको सबै जमीनको पर्जापट्टा चाहिन्छ। लीला गुरूङलाई राजनैतिक शिकार बनाएर षडयन्त्रमा पारी स्थान्तरण गरिएकोमा गोरामुमोले विरोध गर्दछ। गोरामुमो लिला गुरूङको साथमा छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया