धनबहादुर कुलुङ राई स्मृति छात्रवृत्ति प्रदान

मिरिक, २६ जुलाई


सौरेनी रवीन्द्रनाथ उमाविका छात्रा पासाङ डोल्मा लेप्चा अनि फुवागढी उमाविका छात्र अजीत विश्वलाई धनबहादुर कुलुङ राई स्मृति छात्रवृत्ति वितरण गरियो।  फुवागढी उमाविका शिक्षक प्रभारी सरोजा भारतीको अध्यक्षतामा अनि सौरेनी रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका सहशिक्षक आरबी छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अन्य विशिष्ट अथितिहरूमा फुवागढी उमाविका सहशिक्षक बीबी तामाङ, सौरेनी रवीन्द्रनाथ उमाविका सहशिक्षक बिलास तामाङ रोशन थापा हिमाली विद्यार्थी सङ्गठनका अध्यक्ष धिरदास राई लगायतका अथितिहरूको उपस्थिति थियो।

फुवागढी उमाविका सहशिक्षक एवम् बरिष्ठ कवि अरूण चन्द्र कुलुङले आफ्नो स्वर्गीय पिता धन बहादुर कुलुङ राईको स्मृतिमा सो पुरस्कार प्रदान गरेका हुन्। यो छात्रवृत्ति मिरिक महकुमा भरिका उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययन गरेर उच्चत्तर माध्यमिक परीक्षा  (एचएस )मा नेपाली बिषयमा सर्वोच्च अङ्क सहित उतीर्ण हुने विद्यार्थीलाई प्रदान गरिन्छ।

प्रमुख अतिथिको बाहुलीबाट दुवै विद्यार्थीलाई नगदराशी सहित सम्मान पत्र प्रदान गरियो। यसैबीच फुवागढी उमाविका छैटौँ श्रेणी ए, बीका विद्यार्थीहरूलाई लिएर कविता आवृति पनि राखिएको थियो।

प्रथम दोस्रो र स्थानमा आएका छात्राहरूलाई पुरस्कार स्वरूप पुस्तक प्रदान गरियो। समारोहमा निश्चल राई, योगेश छेत्री, अङ्कित प्रधान, सीवानी रसाइलीले गीत प्रस्तुत गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया