पहाडभरि शहिदलाई श्रद्धाञ्जली

‘शहिदको कुनै जात, धर्म, राजनीति हुँदैन’ 

सञ्जिव मोहोरा, सोनादा, २७ जुलाई


‘शहिदहरूको मुल्याङ्कन त्यतिबेला मात्र हुनेछ,जतिबेला उनीहरूको सपना, उनीहरूको लक्ष्य गोर्खाल्यान्ड हुन्छ,’ वरिष्ठ नागरिक मञ्च दिलारामका कमल छेत्रीले भने। गोर्खा जनमुक्ति मोर्चा टुङ्ग सन्तमेरिज समष्टिले  शहिद श्रद्धाञ्जली कार्यक्रम गऱ्यो।

‘खासैमा हामीले शहिद दिवस नमनाउनु पर्ने हो किन भने शहिदको सपना पुरा नै भएको छैन,’कमल छेत्रीले यसै कार्यक्रममा भने। उनले दलीय फुट राम्रोनहुने बताउँदै सबैलाई छुट्टै राज्यको निम्ति सङ्गठित बन्ने आह्वान पनि गरे।

उनले शहिदको कुनै पार्टी नहुने भएपनि पार्टीपार्टीले शहिद दिवस मनाइरहेको भन्दै शहिदको कुनै धर्म जात र राजनीति नहुने बताए।  गोर्खाल्यान्ड आन्दोलनमा २७ जुन १९८८ को दिन दिलाराम क्षेत्रबाट गोर्खाल्यान्डको निम्ति आफ्नो प्राणको आहुती दिने चारजना शहिदहरू क्रमैले दमन सिन्हा, जाल कुमार सिन्ह (विश्वकर्म), पूर्णबहादुर राई र जिते राईको शहीद बेदीमा उपस्थित जनसमुदायले खदा माला चढाए।

कार्यक्रममा बालासन क्षेत्रबाट शहिद भएका कुशुम बम्जन र बागौडाका सन्तबीर तामङलाई पनि स्मरण गरिएको थियो। अनिल शर्माले पनि सम्बोधन गर्दै शहीद दिवसको औचित्यबारे प्रकाश पारे।


शहिदलाई भुल्नुहुँदैन

सजन शर्मा, पोख्रेबुङ २७ जुलाई


गोर्खा जनमुक्ति मोर्चा पोख्रेबुङ चामोङ समष्टिले साङमा चियाबारी शाखाको तत्वाधानमा शहीद दिवस पालन गऱ्यो।  समष्टि अध्यक्ष सुदेश राईको अध्यक्षतामा नारी-युवा मोर्चा अन्य  भातृ सङ्गठन अनि दसवटा सम्पूर्ण शाखा पदाधिकारी, प्रतिनिधि अनि सदस्यगणको उपस्थितिमा सम्पन्न कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा बीरगति प्राप्त गरेका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।

स्थानीय शहीद वेदीमा दीप प्रज्ज्वलनपछि खदामाला लगाएर भावपूर्ण श्रद्धाञ्जली चढ़ाइयो । सञ्चालनको क्रममा शाखा सचिव एमबी स्याङबोले शहिदलाई कसैले भूल्न नहुने बताए। पुकार गहतराजले शहिदको बलिदानको निश्चित रूपमा सठिक मूल्याङ्कन हुने बताए। प्रणय थापाले धन्यवाद ज्ञापन गरे।


‘शहिदको नाममा राजनीति गर्न हुँदैन’

मिरिक, २७ जुलाई।


मिरिक र सौरेनीमा भव्य रुपमा शहिद दिवस पालन गरियो। सौरेनी समष्टि शहिद दिवस आयोजक समितिको आयोजनामा सौरेनी बजार स्थित शहिद वेदीमा मानिसहरूले श्रद्धाञ्जली अर्पण गरे।

आयोजक समितिका अध्यक्ष बिनेश खपाङगीको अध्यक्षतामा अनि मिरिक नगरपालिका अध्यक्ष एवम् जीटीए बीएओका मेम्बर एलबी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा जीटीएका लाइजेन अफिसर अरूण सिग्ची , मिरिक नगरपालिका वार्ड पार्षद पूनम विश्व, सन्तकुमार तामाङ, निमारिदा भोटिया लगायत गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति अध्यक्ष समिर राई, सौरेनी समष्टि संयोजक सुनिल प्रधानको पनि उपस्थिति रहेको थियो।

सम्पूर्ण जनताले हातमा प्ले कार्डहरू लिएर एउटा मौन जुलुसको पनि आयोजना गरिएको थियो। जुलुसले सौरेनी बजारको परिक्रमा गरेको थियो। जुलुसले अन्तमा कार्यक्रम स्थलमा पुगेर समापन भएको थियो। समारोहमा सौरेनी समष्टि भरिमा गोर्खाल्याण्डको निम्ति प्राणको न्यौछार दिएका २४ जना शहिद परिवारलाई  मूल्याङ्कन गर्दै शहिद परिवारका सदस्यहरूलाई दोसल्ला ओडाएर सम्मान जनायो।

‘शहिद माटो र जातिको अस्तित्व बचाउन पृथक राज्यको मागमा भएका हुन्। शहिदको नाममा राजनीति गर्न हुँदैन,’ यसैबीच नगरपालिका अध्यक्षएवम् जीटीए बीएओका मेम्बर एलबी राईले भने, ‘सबैले शहिदको सबैले स्मरणगर्दै मूल्याङ्कन गर्न जरूरी छ।’

उनले जिटिए बिकासको लागि रहेको राजनीति गर्न नदिए भन्दै मिरिक महकुमा भरि विकास गर्ने बताए।  उनले मोर्चा र तृणमूल काङ्ग्रेस एउटै रहेको बताए।

आयोजक समितिका अध्यक्ष बिनेश खपाङगी, सचिव देवराज प्रधानले सम्बोधन गरे। मिरिक कृष्णनगर नगर स्थित शहिद बेदीमा पनि आज शहिद दिवस समारोह पालन गरियो। जीटीए बीएओ सदस्य एवम् मिरिक नगरपालिका अध्यक्ष एलबी राईले शहिद वेदीमा पुष्पाञ्जली अर्पण गर्दै श्रद्धासूमन अर्पण गरे।

मिरिक क्षेत्रका आठ जना शहिद परिवारका सदस्यहरूलाई दोसल्ला ओडाएर सम्मान जनायो। यस अवसरमा शहिद दिवस समारोह आयोजक समितिका अध्यक्ष उमेश तोलाङगीको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा  गोजमुमो समितिकाअध्यक्ष समिर राई, जीटीए बीएओका सदस्य एलबी राई, २३ नम्बर समष्टि सचिव प्रविन राई, २४ नम्बर समष्टि सचिव सफल राई लगायतले शहिद दिवस समारोह बिषयमा वक्तव्य दिएका थिए।

सवीर दिलपालीको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहमा पुकार खडका, सवीर दिलपालीले पनि कविता पठन गरेका थिए भने सुनिल भण्डारीको पनि उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया