जल्यो सरकारले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन प्रतिलिपी

गान्तोक, 27 जुलाई।


लिम्बू तामाङ भोलेन्टेरी कमिटि (एलटीभीसी) ले सिक्किम सरकारले लिम्बू तामाङलाई राजनैतिक अधिकार दिन असक्षम रहेको दाबी गर्दै राज्य सरकारले प्रधानमन्त्रीलाई विधानसभा आसन 32 बाट 40 गरेर लिम्बू तामाङलाई आसन आरक्षण गर्नु पर्ने मागमा बुझाएको ज्ञापन पत्रको प्रतिलिपी जलायो।

प्रेस क्लब अफ सिक्किममा पत्रकार सम्मेलन आयोजन गरेर एलटीभीसीका अध्यक्ष याहाङ चोङले संसदको चालु वर्षाकालिन सत्रमा सिक्किम सरकार र सिक्किमका सांसदहरू लिम्बू तामाङको आसन आरक्षणको निम्ति विधेयक ल्याउन असमर्थ रहेको दाबी गरे।

2016 देखि यस्ता थुप्रै संसद सत्रहरू चलिसकेको तर सदनमा विधेयक प्रस्तुत गराउने लबी बनाउन नसकेको आरोप लगाउँदै अध्यक्ष चोङले अचानक 20 जुलाई 2018 को दिन सांसद पीडी राईले सदनमा लिम्बू तामाङको आसन आरक्षणको कुरा झिकेको अनि राज्य सरकारले नयाँ प्रस्ताव पठेर अन्तरिम, अस्थायी समाधानको माग गरेर लिम्बू तामाङको आसन आरक्षणको मुद्दामा आँखामा छारो हाल्ने काम मात्र गरिरहेको आरोप लगाए।

यसैगरि सिक्किम लिम्बू तामाङ एपेक्स कमिटि (सिल्टेक) ले पनि राज्य सरकारकै ज्ञापन र वर्मन आयोगको प्रतिवेदनलाई आधार गरे लिम्बू तामाङको आसन आरक्षणको माग गरिरहेको आरोप लगाउँदै सिल्टेकले पनि सिक्किमे लिम्बू तामाङलाई दिग्भ्रमित गरिरहेको गम्भीर आरोप लगाए।

एलटीभीसीले 32 वटै आसनबाट नै लिम्बू तामाङलाई आसन दिन सहज रहेको तर 40 आसन भएको खण्डमा 5 वटाभन्दा धेरै हुनुपर्ने माग पनि दोहोऱ्याए। यसका साथै आसन आरक्षण अनुसूचित जनजातिको आधारमा होइन तर लिम्बू तामाङकै नाममा हुनुपर्ने पनि माग गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया