आखिर गोरामुमोले गरिछाड्यो शहिद टाँसी भोटियाको वेदी उद्घाटन : भन्यो- ‘शहिद जातिका हुन पार्टीको होइन’

Girl in a jacket

 खरसाङ, 29 जुलाई


27 जुलाईमा गोरामुमोले सोनादामा शहिद दिवस मनाउन पाएन। यद्यपि, 29 जुलाईको दिन गोरामुमोले सोनादामा शहिद दिवस मनाएरै छाड्यो। शहिद दिवस मात्र मनाएन, शहिद टाँसी भोटियाको शहिद वेदी पनि उदघाटन गरेरै छाड्यो।

गोरामुमो सोनादा टाउन कमिटीको आयोजनामा बिहान सोनादा बजार परिसरमा रहेको शहिद वेदी उदघाटन गरिएको हो। शहिद दिवस कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो खरसाङको प्रचार प्रसार सचिव एवं सोनादा क्षेत्रको गोरामुमो नेता भुपेन गुरूङले भने, ‘शहिद जातिका हुन पार्टीका होइनन्।’

उनले 27 जुलाईमा शहिद दिवस मनाउन प्रशासनबाट अनुमति नपाएपछि आज मनाएको भन्दै गोरामुमो अध्यक्ष मन घिसिङले 29 जुलाईमा नै शहिदहरूलाई श्रदाञ्जली अर्पण गर्ने निर्देश दिएको बताए।

‘भविष्यमा हाम्रै संस्कार संस्कृति पालन गर्न सरकारले वाधा नदियोस, हामी बिन्ती गर्छौं,’ उनले भने, ‘गोर्खा जातिसित धेरैवटा चाढपर्व र पूजा आजा हुन्छन्, नयाँको पूजा गर्छन्, धामी झ्याँकीले पूजा गर्छन्, तेसो भए ती सबैको लागि पनि प्रशासनबाट अनुमति लिनु पर्ने? शहिदहरूलाई सम्मान गर्नु र श्रदाञ्जली अर्पण गर्नु पनि अनुमति लिनु पर्ने?’

उनले यस्तो परिस्थितिमा सबै पक्षबाट र सबै राजनीतिक दलकाहरूले प्रतिक्रिया गर्नुपर्ने बताउँदै शहिद दिवस कसैको पेवा नरहेको र सार्वजनिक विषय रहेको बताए।  ‘सबैले आ-आफ्नो व्यानरमा शहिद दिवस पालन गरे पनि यस्तो परिस्थितिमा सबैले बोल्नु पर्छ,’ उनले भने, ‘सुवास घिसिङ हुँदा यसरी शहिद दिवस पालन गर्न र कुनै कार्यक्रम गर्दा प्रशासनबाट अनुमति लिनु पर्दैन थियो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया