छैटौं अनुसूचीद्वारा दार्जीलिङको भूभागलाई संवैधानिक तौरमा अन्तर्भुक्त गराएपछि गोर्खाल्यान्डको बाटो तयार हुन्छ’

तकदाह, 29 जुलाई


तकदाह टिस्टा भेल्ली समष्टिद्वारा बढा पुमोङ चियाबारी शाखामा गोरामुमोको जनसभा भयो। सभामा गोरामुमो श्रमिक सङ्गठनका कार्यकारिणी अध्यक्ष जिबि तामाङ, श्रमिक सङ्गठन दार्जीलिङ ब्रान्चका अध्यक्ष सुदेश राई, गोरामुमो नेता वाई लामा साङ्गाठानिक सचिव किशोर गुरूङ, मन्जिल राई, तक्दा टिस्टा भेल्ली श्रमिक सङ्गठनका सहसचिव रोशन  राई, श्रमिक सङ्गठनका कार्यकारिणी सचिव एसके लामा, टिस्टा भेल्ली शाखाका सभापति श्याम मगर, गोरानास दार्जीलिङ ब्रान्चका  पूर्व अध्यक्ष बसुन्धारा प्रधान, दार्जीलिङ ब्रान्चका पूर्व कन्भेनर एम जे सुब्बा अनि लेबुङ शाखाका कन्भेनर राजु सुब्बा उपस्थित थिए।

किशोर गुरूङले २००७ मा गोजामुमोले गोर्खाल्यान्ड ल्याउँछु भन्दा सुबास घिसिङले बाटो छोडी दिएको तर मोर्चाको आन्दोलन जिटिएमा टुङ्गिएको बताउँदै गोजमुमोले हरियो झण्डा मास्ने काम गरेको बताए।

छैटौं अनुसूचीद्वारा दार्जीलिङको भूभागलाई संवैधानिक तौरमा अन्तर्भुक्त गराएपछि गोर्खाल्यान्डको बाटो तयार हुने पनि उऩले बताए। उनले न्युनतम रोजगार अधिनियम लागू हुनुपर्ने कुरामा पनि जोड दिए।

‘गोरामुमो अध्यक्ष मन घिसिङले पनि उत्तरकन्याको बैठकमा श्रमिकहरूको हक र हितको निम्ति ५ वटा माग मुख्यमन्त्री अघि राखिसकेका छन्। राजनीति गर्ने पार्टीले कमानको मान्छेलाई भोट हाल्ने मशिन बनाउनु हुँदैन,’  उनले भने,  ‘मैले  अध्यक्ष मन घिसिङलाई पनि भनी सकेको छु, अब कमानको मान्छेलाई भोट व्याङ्क बनाउनु हुँदैन तर चियाबारीका श्रमिकहरूको हक र हितको निम्ति लड्नु पर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया