‘शहिदहरूको सपनालाई भुल्नु हुँदैन’

रिम्बिक, 29 जुलाई


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टि तथा पुल बिजनबारी समष्टिको संयुक्त आयोजना सुम्बुक सार्वजनिक भवनमा एक शहिद श्रद्धाञ्जली कार्यक्रम गऱ्यो।

यस अवसरमा युवा नेता सन्दीप लिम्बुले मन घिसिङको नेतृत्वमा नै पहाडले निकास पाउने बताए। बोडोहरूले समयमा नै छैटौं अनुसुचीलाई आत्मसात गरेकै कारण छुट्टै राज्यको निम्ति वार्ताहरूको शुरूआत भइसकेको तथा २००५ सालमा खोलिएको छैटौं अनुसूचीको मार्ग भएर नै गोर्खाहरूको सपना साकार बनाउन गोर्खाल्यान्डसम्म पुग्ने उनले बताए।

‘हामीले कदापि शहिदहरूको सपनालाई भुल्नु हुँदैन,’ उनले भने। गोरामुमो कार्यकर्ताहरूले ८६ देखि २०१७ सम्मको आन्दोलनमा शहिद हुनेहरूलाई स्मरण गरे।

समष्टि उपसभापति एनडी लिम्बुको सभातित्वमा भएको सभामा दार्जीलिङ ब्रान्च कमिटी पूर्व प्रवक्ता सन्दीप लिम्बु आइबी राई, सुबास सुब्बा, सुरेन गुरूङ लगायत दुवैवटा समष्टिका नेतृत्वगण तथा सर्वसाधारणको बाक्लो भिड लागेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया