राज्यभरि अब दसौँ कक्षासम्म बङ्गला पढ़्नै पर्ने

खबरम्यागजिन खबरदाता

कोलकाता, 16 मई/2017


राज्यमा भएको प्रत्येक स्कूलको विद्यार्थीले कक्षा-१–देखि कक्षा-१० सम्म बाध्यतामूलक (कम्पल्सरी) विषयको रूपमा पढ़्नै पर्ने सरकारी आदेशनामा जारी गरिएको छ ।

“राज्यभरिको कुनै पनि बोर्ड वा कुनै पनि भाषाको स्कूलका विद्यार्थीहरूले अबउसो तीनवटा भाषा सिक्नैपर्नेछ, जसमध्ये बङ्गला बाध्यतामूलक विषय हुनेछ,” राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले सोमवार घोषणा गरे ।

“अङ्ग्रेजी माध्यमका स्कूलमा बङ्गला कक्षा-१-देखि नै एउटा ऐच्छिक विषय रहनेछ, ताकि विद्यार्थीले दोस्रो वा तेस्रो भाषाको रूपमा पढ़्नु पाउन्,” तिनले थपे । मिडियाकर्मीहरूलाई मन्त्रीले भने, “कुनै विद्यार्थीले बङ्गला, हिन्दी, अङ्ग्रेजी, गुरूमुखी, उर्दू वा नेपाली भाषा पहिलो भाषा लिएर पढ़्दैछ भने दोस्रो वा तेस्रो भाषा बङ्गला हुनै पर्नेछ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन