निशा रसाइली र तारा ढकाल बने हाइ फिवर डान्स बिजेता

सिक्किमकी छोरी निशा रसाइली र दिल्लीका तारा ढकालले हाइ फिवर डान्स क्या नयाँ तेवरमा जित दर्ता गरेका छन्। एन टीभीमा चल्ने यो कार्यक्रमले लाखौं फ्यानहरूको मन जित्नका साथै 10 लाख रूपियाँको नगद पुरस्कार सम्मान प्राप्त गरेका छन्। मुम्बईबाट कलाकार रसाइलीले सबै सहयोगी र भोट गर्ने सहयोगीहरूलाई आभार प्रकट गरेकी छन्।

तारा र उनी दुवै जना सिक्किम दार्जीलिङ, डुवर्स नर्थइस्टप्रति आभारी रहेको र चाँडै सिक्किम आउने बताएका छन्। निशाले कलाकारहरूको निम्ति नृत्य पनि करियर हुन सक्ने बताउँदै भविष्यमा यसको निम्ति सबै पूर्वोत्तर र सिक्किम दार्जीलिङे कलाकारहरूको निम्ति बाटो खोलिएको बताइन्।

तारा र निशाको जोडी निरन्तर जारी रहने र एक असल मित्रको जोडी निरन्तर अघि बढ्ने बताइन्। सिक्किम लगायत दार्जीलिङ कालेबुङ, डुवर्सको भ्रमण गर्ने र आभार प्रकट गर्न आउने बताइऩ्। सबैको सहयोगले गर्दा नै विजयी बनेको बताउँदै आभार प्रकट गरिन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया