14 नम्बर वार्डमा गोजमुमोको कमिटी गठन

कालेबुङ, 30 जुलाई


कालेबुङ जिल्लाको 35 नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर 14 मा गोर्खा जन्मुक्ति मोर्चाको एउटा साङ्गठनिक सभाबीच वार्ड कमिटी गठन गरियो। वार्ड पार्षद एडवर्ड लेप्चा एवं जिल्ला समिति सह-सचिव पङ्कज छेत्रीको सक्रियतामा आयोजित उक्त सभालाई गोर्खा जन्मुक्ति मोर्चा केन्द्रीय समिति सदस्य दिनेश चन्द्र पौड्यालले अध्यक्षता गरेका थिए।

वार्डवासीको बाक्लो उपस्थिति रहेको उक्त सभालाई गोर्खा जन्मुक्ति मोर्चा जिल्ला अध्यक्ष एवं जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा, सचिव गायत्री मुखिया, प्रवक्ता भुवन पी. खनाल, कालेबुङ नगराध्यक्ष रवि प्रधान,  नारी मोर्चा जिल्ला समिति अध्यक्ष कल्पना तामाङ, जिल्ला युवा मोर्चा सचिव अमिर बस्नेत आदिले सम्बोधन गरेका थिए। पङ्कज छेत्रीले सञ्चालन गरेको उक्त सभामा स्वागत सम्भाषण वार्ड पार्षद एडवर्ड लेप्चाले राखेका थिए।

यसै सभामाझ गोजममुमो 14 नम्बर वार्ड कमिटी गठन गरियो। नवगठित कमिटीमा अध्यक्ष एडवर्ड लेप्चा, उपाध्यक्ष विवेक सिन्हा अनि पिटर एलिजा, सचिव पङ्कज छेत्री, सह-सचिव अनिल कुमार मुखिया, कोषाध्यक्ष सन्तोष प्रधान साथै सल्लाहकारहरू दिनेश चन्द्र पौड्याल, मणि कुमार भुजेल, जीआर खवास, निम डोमा शेर्पा साथै  वार्डको छ वाटै ठुमबाट 2-2 जना गरी जम्मा 12 जना  कार्यकारिणी सदस्यहरू मनोनित गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया