किन मासिँदैछ मेडिसनल अर्किड?

सजन शर्मा, पोख्रेबुङ, 30 जुलाई


सञ्जीवनी स्वनिरभर समूह राङभाङ बालसन अञ्चलको तत्वाधानमा तथा जीपीएसकेयुएस बीडीपी पोख्रेबुङ अनि आमा समूहको विशेष सहयोगमा औषधीय वनस्पति स्टेभिया, जटामसी ,चिरौतो तथा मेडिसनल अर्किडको संरक्षण उपयोगिता साथै व्यवसायमाथि एकदिने कार्यशाला बिचबजार सार्वजनिक भवनमा सम्पन्न गरियो।

उत्तरबङगाल कृषि विश्वविद्यालयका डा. बन्धन थापा, डा.शरद गुरूङ, डा.एस चक्रवर्ती, डा.गोपाल सुक्ला, डा.सचिन शर्मा तथा डा.पुष्कर शर्माले उल्लेखित वनस्पतिको औषधीय गुण अनि प्राविधिक तरिकाको खेतीबारे वृतचित्रको माध्यमबाट उपस्थितिलाई अवगत गराए।

समूहका दलनायक आरपी बानुचाको अध्यक्षतामा सचिव मोहन प्रधानले सञ्चालन गरेको कार्यक्रममा पीबी मुखियाले स्वागत भाषण राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। युबिकेबी प्रमुख एस चक्रवर्तीले विभागीय पक्षबाट हुनसक्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै  पौधाहरू उपलब्ध गराइदिने बचन दिए।

स्टेभियाको खेतीबारे बोल्दै डा.गोपाल सुक्लाले मधुमेह, ग्यास लगायतका रोगको औषधि मानिएको यसको कटिङ मार्च र अप्रेल महिनामा सप्रने बताए। कटिङको एक महिनामा बिरूवा तयार हुने उल्लेख गर्दै तिनले यसको निम्ति रूटिङ मिडियाको खासै आवश्यकता नपर्ने बताए।

डा.सचिन शर्माले मेडिसनल अर्किडमाथि प्रकाश पारे। प्युनी मेकुलेरा, मस्किफेरा, एरिडिस, सेन्टरियम नेपालेन्स आदि प्राकृतिक प्रजातिको सुनाखरी औषधिमा प्रयोग हुने जानकारी गराए।

तिनले मेडिसनल अर्किडको उत्पति स्थान दार्जीलिङ पहाड़ी क्षेत्र  रहेको तर उचित संरक्षण र सम्वर्द्धनको अभाव यी सुनाखरीहरू मासिँदै गएको उल्लेख गरे। डा. बन्धन थापाले चिरौतोबारे बताए। तिनले चिरौतोको ३० वटा वंश रहेको अनि नौवटा अधिकमा प्रशस्त औषधिय गुण रहेको ठहर गरे।

२७ मिटरसम्मको उचाईमा यसको खेती गर्नसकिने तिनले बताए। जटामसी वा सुगन्धबाला लिभर, किडनी, मानसिक तनाउ लगायतका रोगको औषधि रहेको बताए। १२०० देखि ३००० मिटरसम्म यसको खेती गर्न सकिने पनि तिनले बताए। यसैबिच समूहको पूर्व योजना अन्तर्गत औषधीय र जड़ीबूटीमा आधारित पुस्तक प्रकाशनको दायित्व युबिकेवीले लिने घोषणा गरिएको छ। डा.सुक्लाले नावर्ड व्याङ्क अनि कृषि प्रधान सङ्गठनबाट ऋण प्राप्त गर्न सकिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया